सेञ्चुरी बैंकको पहिलो त्रैमासमा भन्दा दोस्रो त्रैमासको नाफामा २०० प्रतिशत बृद्धि
काठमाडौं। सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चालू आवको दोस्रो त्रैमासमा संचालन मुनाफा ३२ करोड ७४ लाख रुपैयाँ तथा खुद मुनाफा २२ करोड ३९ लाख रुपैयाँ गरेको छ ।
बैंकले जारी गरेको प्रेस बिज्ञप्तिअनुसार बैंकको खुद मुनाफा गत वर्षको तुलनामा ३९।३० प्रतिशत बढी हो भने प्रथम त्रैमासभन्दा २०१।५० प्रतिशतले बढि हो ।
चालु आवको दोस्रो त्रैमासमा बैंकको चुक्तापूँजी ३ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ८३ करोड ५९ लाख रुपैयाँ राखिएको बैंकले जनाएको छ । बैंकले ३२ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
अघिल्लो वर्षको यही अवधिमा बैंकले २४ अर्ब ८ करोड निक्षेप संकलन गरी २० अर्ब ८४ करोड कर्जा प्रवाह गरेको थियो ।
बैंकको प्रति शेयर आम्दानी १२ रुपैयाँ १४ पैसा, प्रति शेयर नेटवर्थ १ सय २२ रुपैयाँ ६६ पैसा तथा मूल्य आम्दानी अनुपात २७।५१ गुणा कायम भएको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार ८ अर्ब पूँजी तोकिएकै समयमा पुर्याउने समेत बैंकले जनाएको छ । यसकालागि बैंकले इनोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरिसकेकोे छ ।
नपुग रकम हकप्रद तथा बोनस शेयर जारी गरी पु¥याउने लक्ष्य लिएको समेत बैंकले जनाएको छ ।
बैंकले हाल ३१ वटा शाखा, २९ वटा ए।टी।एम्, १३ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट बैकिङ्ग सेवा दिँदै आइरहेको छ । साथै, प्राप्ती पश्चात् बैंकको शाखा संजाल ५४ वटा हुने समेत बैंकले जनाएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












