तोकिएको अवधिभित्रै तीनवटै निर्वाचन हुन्छ ः महरा
धादिङ, २६ माघ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले २०७४ माघ ७ गतेभित्रै तीनवटै निर्वाचन सम्पन्न हुने कुरामा शङ्का नगर्न राजनीतिक दलहरुसँग आग्रह गर्नुभएको छ ।
नेपाल पत्रकार महासङ्घ, धादिङ शाखाको संयोजनमा नेपाल पत्रकार महासङ्घ मध्यमाञ्चल क्षेत्रीय समितिले धादिङबेँसीमा आयोजना गरेको सम्मान कार्यक्रममा उपप्रधानमन्त्री महराले त्यस्तो आग्रह गर्नुभएको हो ।
उद्घाटन मन्तव्यमा उपप्रधानमन्त्री महराले लोकतन्त्र प्राप्तिको आन्दोलनमा सञ्चारजगत्ले निर्वाह गरेको भूमिकाको स्मरण गर्दै संविधान कार्यान्वयनका लागि त्यस्तै भूमिका निर्वाह हुने अपेक्षा राखिएको समेत बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षहरु हरिहर विरही, सुरेश आचार्य, तारानाथ दाहाल र धर्मेन्द्र झालाई अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता र महासङ्घको संस्थागत विकासका लागि पु¥याएको योगदानबापत सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो ।
त्यस्तै क्षेत्रीय समितिबाटै उत्कृष्ट शाखाका रुपमा नेपाल पत्रकार महासङ्घ सर्लाही शाखालाई र २० वर्षभन्दा माथि लामो समयसम्म पत्रकारिता गर्दै आएका सत्यप्रकाश श्रेष्ठ र कृष्णराज परियारलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घ धादिङ शाखाबाट न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट र आकुरावका केन्द्रीय अध्यक्षमा निर्वाचित हुन हुने धादिङ शाखामा आबद्ध रहेका पत्रकार सुभास खतिवडालाई पनि सम्मान गरियो ।
क्षेत्रीय समितिका संयोजक शीतलप्रसाद महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा सांसद गुरुप्रसाद बुर्लाकोटी सम्मानित हुने पत्रकारहरुको तर्फबाट वरिष्ठ पत्रकार हरिहर विरही, प्रजिअ उमेश ढकाल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्ले र राजनीतिक दलका प्रमुखहरुले समसामयिक राजनीति र सञ्चार क्षेत्रको अवस्थामाथि प्रकाश पार्नुभएको थियो । रासस
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको आदेश
काठमाडों । सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी...
-
कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता, मानबहादुर र शेरबहादुरको टोलीलाई उपाधि (तस्बिरहरु)
काठमाडौँ । कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । जस नेपालद्वारा आयोजित प्रतियोगिताको उद्घाटन ललितपुर उच्च अदालत...
-
रास्वपा सभापति लामिछानेले पार्टी सांसदलाई निर्देशन दिँदै भने- गुटबन्दीमा नलाग्नुस्
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिनुभएको छ । आइतबार पार्टीका सांसदहरूका लागि...












