महावीर पुनले सुरु गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई रु दुई करोड
म्याग्दी २७ माघ । सामाजिक अभियन्ता महावीर पुनले सुरु गरेको राष्ट्रिय आविष्कार केन्द्र खोल्ने अभियानमा ६ महिनाको अवधिमा रु दुई करोड सङ्कलन भएको छ ।
राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि रु ५० करोड उठाउने लक्ष्यका साथ गत साउनदेखि सुरु गरेको ‘महादान अभियान’ अन्तर्गत सरकारी सहयोगबाहेक नै देश–विदेशमा रहेका नेपालीबाट ६ महिनाको अवधिमा सो रकम सङ्कलन भएको हो । अहिलेसम्म आफूले कसैलाई पनि सहयोगका लागि पत्राचार वा आग्रह नगरेको र स्वतःस्फूर्त रुपमा सो रकम सङ्कलन भएको बताउने सामाजिक अभियन्ता पुनले अब भने देश–विदेशमा रहेका नेपालीलाई पत्राचार नै गर्ने जानकारी दिनुभएको छ ।
“सार्वजनिकरुपमा गरिएको आह्वानबाट नै दुई करोड सहयोग प्राप्त भयो, अब पत्राचार गरेर औपचारिकरुपमा नै सहयोगको आग्रह गर्छु”, पुनले भन्नुभयो । सामाजिक अभियन्ता पुनका अनुसार प्राप्त रकममध्ये धेरै रकम विदेशमा बस्ने नेपालीबाट सङ्कलन भएको छ । सबैभन्दा बढी प्रवासी नेपाली सङ्घ ‘मोना’, हङकङले एकमुष्ट रु ५७ लाख ४९ हजार दुईसय ९६ सहयोग गरेको पुनले जानकारी दिनुभयो ।
रकम हिमालयन र एभरेस्ट बैंकमा रहेको खातामा जम्मा भइरहेको छ । अब भने एक वर्ष भित्रमा रु ५० करोड सङ्कलन गर्न पुनले अभियानलाई व्यापक बनाउन सुरु गरेको बताउनुभयो ।
“अब हामी घरघरमा जान्छौँ, ढोका–ढोकामा पुग्छौँ,” पुनले भन्नुभयोे, “विदेशमा पनि बोलाएको ठाउँमा जाने योजना बनाइरहेको छु ।” रु ५० करोड जुटाएर जलविद्युत्मा लगानी गर्ने र जलविद्युत्बाट हुने आम्दानीलाई राष्ट्रिय आविष्कार केन्द्रका लागि प्रयोग गर्ने योजना पुनको रहेको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












