हिमालय एअरलायन्सले सुरु ग¥यो काठमाडौँ–क्वालालम्पुर सिधा उडान
काठमाडौँ, २८ माघ । निजी क्षेत्रको विमान सेवा हिमालय एअरलायन्सले आजदेखि काठमाडौँ–क्वालालम्पुर सिधा उडान सुरु गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले प्रथम उडान सेवाको शुभारम्भ गर्नुभयो ।
नेपाल–चीन संयुक्त लगानीको उक्त विमान सेवाले एअरबस–३२० विमानबाट उडान थालेको हो । आजको उडानमा विमानका सबै सिट भरिएका उक्त एअरलाइन्सले जनाएको छ ।
क्वालालम्पुरको प्रथम उडानबाट मन्त्री शाही, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, यहाँस्थित मलेसियाली राजदूतावासका कार्यवाहक प्रमुख फादिल इस्माइललगायत २० जनाको उच्चस्तरीय प्रतिनिधिमण्डल मलेसियाली राजधानीतर्फ प्रस्थान गरेको छ ।
क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एअरलाइन्स र नेपाली प्रतिनिधिमण्डललाई टुरिजम मलेसियाका विशिष्ट पदाधिकारी तथा पर्यटन व्यवसायीले आजै विशेष स्वागत गर्ने कार्यक्रम रहेको उक्त एअरलाइन्सले जनाएको छ ।
मन्त्री शाहीले आफ्ना मलेसियाली समकक्षीका साथै त्यहाँका उच्च अधिकारीहरुसँग द्विपक्षीय हित तथा पर्यटन प्रवद्र्धनबारे छलफल गर्नुहुनेछ । मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातलगायत नेपाली प्रतिनिधिमण्डलले आजै साँझ क्वालालम्पुरमा आयोजना हुने विशेष समारोहमा नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धनका सम्बन्धमा जानकारी दिने कार्यक्रम छ ।
प्रथम उडानका अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै उक्त एअरलाइन्सका उपाध्यक्ष ९प्रशासन० विजय श्रेष्ठले मङ्गलबार र शनिबारबाहेक सातामा पाँच दिन काठमाडौँ–क्वालालम्पुर उडान हुने जानकारी दिँदै त्यसबाट नेपाल र मलेसियाबीचको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौँ–क्वालालम्पुर दुईतर्फी उडानमा यात्रीले करबाहेक रु २५ हजार तीनसय ७५ मा टिकट खरिद गर्न सक्नेछन् । उक्त विमान सेवाले कतारको दोहा, श्रीलङ्काको कोलम्बो उडान थालिसकेको छ भने आगामी फागुन १३ गतेदेखि म्यान्माको पुरानो राजधानी याङ्गुनलाई पनि काठमाडौँसँग सिधा उडानबाट जोड्नेछ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












