भारतीय नोट प्रतिबन्ध असर : करोडपति रातारात रोडपतिमा यसरी झरे !
काठमाडौं । भारत सरकारले हजार र पाँच सय दरका भारु नोटमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपाली अर्थतन्त्रमा परिरहेको छ । पछिल्लो उदाहरण नेपालमा सञ्चालन भइरहेका ५ वटा क्यासिनोमा ग्राहकको कमी भएसँगै उनीहरुले आफ्ना कर्मचारीलाई तलब खुवाउन पनि समस्या भोगिरहेका छन् ।
‘हाम्रो ब्यापार ८० प्रतिशतसम्म घटेको छ, जसको प्रमुख कारण भारतमा हजार र पाँच सय दरका भारुमा प्रतिबन्ध हो ।’ क्यासिनो ¥याडका प्रवन्ध निर्देशक मनोज सुवेदीले न्युज–नेपालसँग भने ।
क्यासिनोमा झण्डै ८० प्रतिशत ग्राहक भारतीय हुन्छन् । बाँकीमा चिनिया, बंगलादेशी र अन्य देशका । भारतमा ठूला नोटमा प्रतिबन्ध लगाएपछि सय र पचासका नोट बोकेर ग्राहक आउन सम्भव नहुँदा ब्यापार ओह्रालो लागेको क्यासिनो सञ्चालकहरुको भनाइ छ ।
आगामी मार्च ३१ पछि भने क्यासिनोहरुको ब्यापारमा सुधार आउने अपेक्षा गरिएको छ । भारतमा दुई हजार र पाँच सयका नयाँ नोट चलनमा आइसकेका छन् तर ती पनि सीमितमात्रामा । जसकै कारण भारतीय पर्यटकले चाहेर पनि क्यासिनोमा ग्याम खेल्न पाएका छैनन् ।
नेपालमा १० वटा क्यासिनो छन् । तीमध्ये हाल ¥याड, प्राइम नेपाल, मिलिनियम क्लव, माजुङ र क्यासिनो रोयल सञ्चालित छन् । यी ५ वटा क्यासिनोमा प्रत्यक्ष रुपमा ३ हजार कार्यरत छन् । एक क्यासिनोले मासिक रुपमा तलबमा मात्र ३ करोड रुपैयाँसम्म खर्च गर्छन् । ‘ब्यापारमा ठूलोमात्रामा ह्रास आएपछि तलब खुवाउन पनि समस्या भइरहेको छ ।’ प्रवन्ध निर्देशक सुवेदीले भने ।
नेपालमा पर्यटक भित्र्याउन एयरलाइन्सका सहज रुट, एरपोर्टमा समधुर ब्यवहार र होटल, होटल एसोसिएसन र क्यासिनोहरुले बजारिकरण गर्नु पर्ने तर्क केहीको छ । ‘हामी सधैं भारतीय पर्यटकको मात्र पर्खाइमा बस्नु हुन्न, अन्य देशका पर्यटकलाई पनि भित्र्याउन सकेमा नेपालमा क्यासिनोको भविष्य राम्रो छ ।’ एक सञ्चालकले भने ।
चिनियाँ, बंगलादेशी पर्यटकलाई आकर्षण गर्न सकेको खण्डमा नेपालका क्यासिनोहरु सहज रुपमा चल्न सक्छन् । बिदेशी मुद्रा आर्जन गर्ने प्रमुख माध्यमको रुपमा रहेको क्यासिनोलाई सहज रुपमा चल्न दिने वातावरण पर्यटनसँग सरोकार राख्ने निकायहरुले बनाउनु पर्ने माग उठिरहेको छ ।
क्यासिनोमा नेपालीलाई रोक लगाएपछि भारत, मलेसिया, श्रीलंकासमेतका देशमा नेपालका धनाड्यहरु पुग्ने गरेका छन् । देशका झण्डै १५ प्रतिशत धनाड्यहरु क्यासिनोमा गेम खेल्न बिदेशिने गरेको अनुमान गरिन्छ । नेपालीलाई पनि मापदण्ड बनाएर क्यासिनोमा गेम खेल्न दिनु पर्ने केही सञ्चालकहरुले माग गर्दै आएका छन् ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












