भारतीय नोट प्रतिबन्ध असर : करोडपति रातारात रोडपतिमा यसरी झरे !
काठमाडौं । भारत सरकारले हजार र पाँच सय दरका भारु नोटमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपाली अर्थतन्त्रमा परिरहेको छ । पछिल्लो उदाहरण नेपालमा सञ्चालन भइरहेका ५ वटा क्यासिनोमा ग्राहकको कमी भएसँगै उनीहरुले आफ्ना कर्मचारीलाई तलब खुवाउन पनि समस्या भोगिरहेका छन् ।
‘हाम्रो ब्यापार ८० प्रतिशतसम्म घटेको छ, जसको प्रमुख कारण भारतमा हजार र पाँच सय दरका भारुमा प्रतिबन्ध हो ।’ क्यासिनो ¥याडका प्रवन्ध निर्देशक मनोज सुवेदीले न्युज–नेपालसँग भने ।
क्यासिनोमा झण्डै ८० प्रतिशत ग्राहक भारतीय हुन्छन् । बाँकीमा चिनिया, बंगलादेशी र अन्य देशका । भारतमा ठूला नोटमा प्रतिबन्ध लगाएपछि सय र पचासका नोट बोकेर ग्राहक आउन सम्भव नहुँदा ब्यापार ओह्रालो लागेको क्यासिनो सञ्चालकहरुको भनाइ छ ।
आगामी मार्च ३१ पछि भने क्यासिनोहरुको ब्यापारमा सुधार आउने अपेक्षा गरिएको छ । भारतमा दुई हजार र पाँच सयका नयाँ नोट चलनमा आइसकेका छन् तर ती पनि सीमितमात्रामा । जसकै कारण भारतीय पर्यटकले चाहेर पनि क्यासिनोमा ग्याम खेल्न पाएका छैनन् ।
नेपालमा १० वटा क्यासिनो छन् । तीमध्ये हाल ¥याड, प्राइम नेपाल, मिलिनियम क्लव, माजुङ र क्यासिनो रोयल सञ्चालित छन् । यी ५ वटा क्यासिनोमा प्रत्यक्ष रुपमा ३ हजार कार्यरत छन् । एक क्यासिनोले मासिक रुपमा तलबमा मात्र ३ करोड रुपैयाँसम्म खर्च गर्छन् । ‘ब्यापारमा ठूलोमात्रामा ह्रास आएपछि तलब खुवाउन पनि समस्या भइरहेको छ ।’ प्रवन्ध निर्देशक सुवेदीले भने ।
नेपालमा पर्यटक भित्र्याउन एयरलाइन्सका सहज रुट, एरपोर्टमा समधुर ब्यवहार र होटल, होटल एसोसिएसन र क्यासिनोहरुले बजारिकरण गर्नु पर्ने तर्क केहीको छ । ‘हामी सधैं भारतीय पर्यटकको मात्र पर्खाइमा बस्नु हुन्न, अन्य देशका पर्यटकलाई पनि भित्र्याउन सकेमा नेपालमा क्यासिनोको भविष्य राम्रो छ ।’ एक सञ्चालकले भने ।
चिनियाँ, बंगलादेशी पर्यटकलाई आकर्षण गर्न सकेको खण्डमा नेपालका क्यासिनोहरु सहज रुपमा चल्न सक्छन् । बिदेशी मुद्रा आर्जन गर्ने प्रमुख माध्यमको रुपमा रहेको क्यासिनोलाई सहज रुपमा चल्न दिने वातावरण पर्यटनसँग सरोकार राख्ने निकायहरुले बनाउनु पर्ने माग उठिरहेको छ ।
क्यासिनोमा नेपालीलाई रोक लगाएपछि भारत, मलेसिया, श्रीलंकासमेतका देशमा नेपालका धनाड्यहरु पुग्ने गरेका छन् । देशका झण्डै १५ प्रतिशत धनाड्यहरु क्यासिनोमा गेम खेल्न बिदेशिने गरेको अनुमान गरिन्छ । नेपालीलाई पनि मापदण्ड बनाएर क्यासिनोमा गेम खेल्न दिनु पर्ने केही सञ्चालकहरुले माग गर्दै आएका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












