काम गरे पनि हुम्लाका दक्षिण भेगका जनताले खाद्यान्न पाएनन्
हुम्ला, ५ फागुन । सदरमुकाम सिमिकोटदेखि दक्षिण भेगका बराई, रेडिकोट, मेल्छाम, सर्किदेउ, श्रमस्ग, दर्मा र मिमी गाविसमा बासिन्दालाई दिने भनिएको कामका लागि खाद्यान्न अझैसम्म पाएका छैनन् ।
गत वर्ष परेको खडेरीका कारण बङ्गलादेश सरकारबाट नेपाल सरकारलाई राहत स्वरुप आएको सो खाद्यान्न कर्णाली अञ्चलका केही जिल्लामा बितरण गरिएपनि ती गाविसका बासिन्दाले विद्युत् बाटोघाटोसमेतको कार्य सम्पन्न गरिसक्दा पनि हालसम्म नपाएको कुरा मिमि गाविसका कृषक लक्ष्मीप्रसाद चौलागाईंले बताउनुभयो ।
नेपाल खाद्य संस्थान हुम्ला शाखाका प्रमुख नारायणसिंह केसीले सो भेगका लागि अहिलेसम्म खाद्यान्न नआएको र आएपछि मात्र वितरण गर्ने जानकारी दिनुभयो ।
जडीबुटीबाट औषधि बनाइ उपचारमा व्यस्त अजवीर शाही
हुम्ला जिल्लाको दक्षिणी भेगमा पर्ने मेल्छाम गाविस–७ बस्ने अजवीर शाहीले जडीबुटीबाट औषधि बनाई मानिस र पशु समेतको औषधि तयार गरी उपचार गर्दै आउनुभएको छ ।
उहाँले कमलपित्त, दम, खोकी, टाउको दुख्ने, हात खुट्टाको भाँचिए पनि हुम्लामै निःशुल्क उपचार गराउँदै आएको राससलाई बताउनुभयो ।
खाद्यान्नका लागि भीड
खाद्यान्नका लागि गत मङ्गलबारदेखि कर्मचारी, शिक्षक, विद्यार्थी, सङ्घ संस्था समेतका पदाधिकारीको बिहानदेखि जिल्ला प्रशासन कार्यालयमा खाद्यान्न सिफारिसको लागि घुइँचो लागेको छ ।
हुम्लामा खाद्यान्न मौज्जात रहे पनि कर्मचारीले बाहिरबाट आएको मैदाका साथै स्थानीय खाद्यान्न जुटाई गुजारा गर्न बाध्य भएका छन् ।
हिमपात नहुँदा विद्युत् भार कटौती बढ्यो
यस वर्ष पर्याप्त मात्रामा हिमपात नहुँदा जिल्लाको सदरमुकाम सिमिकोट हिल्दुम साना जलविद्युत् वितरण केन्द्रको पानीको मुहान सुकेकाले अधिकांश समय विद्युत् भार कटौती हुन थालेको छ ।
विद्युतभार कटौतिका करण पहिलेकै जस्तो सल्लाको दियालो बाल्न बाध्य स्थनीय पीडित व्यक्तिले यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
सोही अवसरमा नजिकिदै गरेकोे प्रवेशिका परीक्षाको तयारी गरिरहेका विद्यार्थी पनि प्रभावित भएको निवासी छात्रा विमला सिंहले दुखेसो पोख्नुभयो ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












