ताजा समाचार

नेपाल खाद्य संस्थान बाजुराले ६० क्वीन्टल फापर खरिद गर्दै

बाजुरा, ५ फागुन । रैथाने बाली संरक्षण गर्ने योजनाअनुसार नेपाल खाद्य संस्थान बाजुरा शाखाले जिल्लाको उत्तरी भेगका ११ गाविसबाट रैथाने बाली फापर खरिद गर्ने भएको छ ।

जिल्ला कृषि विकास कार्यालयको पहपल र सो शाखाकोे आर्थिक सहयोगमा कोल्टी डिपोबाट फापर खरिद गरिने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा। रामकृष्ण श्रेष्ठको भनाइ छ ।

उहाँले जिल्लामा उपलब्ध स्थानीय तथा रैथाने बालीे प्रवद्र्धन गरी जिल्लाको खाद्य सुरक्षा तथा पोषण सुरक्षा सुदृढ गर्न फापर खरिद गर्न लागेको बताउनुभयो ।
जिल्लाबाट आव २०७३/०७४ का लागि ६० क्विन्टल फापर प्रतिकेजी रु ५५ का दरले खरिद गर्न कृषक वर्गलाई आग्रह गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org