हिमालय चिनी मिल सञ्चालनपछि निराश उखु किसान एकाएक उत्साहित
लहान, २६ माघ । केही महिना अघिसम्म निराश देखिएका सिरहाको चन्द्रयोध्यापुर– ४ का असर्फी महतो अहिले निकै उत्साहित देखिनुुहुन्छ । चन्द्रअयोध्यापुरमै हिमालय चिनी मिल सञ्चालन भएपछि उहाँ उखुखेती गर्न उत्साहित हुनुभएको हो ।
विगतमा नजिकमा चिनी मिल नभएका कारण उहाँलाई उखु ढुवानी गर्न कठिनाई हुने गरेको थियो । मिलबाट उचित मुल्य नपाएका कारण पनि उहाँ निराश हुनुहुन्थ्यो । “कष्ट खेपेर उखु चिनी मिलसम्म पु¥याएपनि मिलले समयमा रकम दिँदैनथ्यो,” महतोले भन्नुभयो ।
गाउँमै चिनी मिल खुलेपछि अब उहाँलाई उखु अन्यत्र पु¥याउनुपर्ने बाध्यता छैन । “उखु ढुवानी गर्न सहज भएको छ,” उहाँले भन्नुभयो । हिमालय चिनी मिलबाट समयमै उखुको मुल्य पाउन थालेकाले उखुखेती गर्न उत्साह बढेको उहाँको भनाइ छ ।
जिल्लामा चिनी मिल नुहँदा महोत्तरीको एभरेष्ट चिनी मिलसम्म उखु पु¥याउँदै आएका बिष्णुपुरका सन्तलाल साह पनि गाउँ नजिकै चिनी मिल खुलेपछि खुसी हुनुहुन्छ । “मिलले समयमा उखुको मुल्य नदिँदा उखुखेती नै छाड्ने अवस्थामा पुगेको थिए,” उहाँले भन्नुभयो ।
आफ्नै गाउँमा चिनी मिल खुलेपछि उखुको ढुवानी सहज र सस्तो भएको चन्द्रअयोध्यापुरका सोभित महतोको भनाइ छ । चन्द्रयोध्यापुरमा हिमालय चिनी मिल सञ्चालनमा आएपछि सिरहा र सप्तरीका उखु किसान हर्षित भएका छन् । सो मिलले गत मङ्सिर २० गतेदेखि चिनी उत्पादन थालेको हो ।
उक्त मिलले करिब ३५० जनालाई रोजगारी दिएको छ । मिल सञ्चालन भएको दुई महिनाकै अवधिमा २० हजार क्विन्टल चिनी उत्पादन गरी बिक्री गरेको मिलका उखु प्रबन्धक अवधकिशोर यादवले जानकारी दिनुभयो । किसानलाई समयमा उखुको सुपथ मूल्यसँगै बीउ तथा सिँचाइ सुविधामा अनुदान दिँदै आएको उहाँ बताउनुहुन्छ । सो मिलले अहिले उखु प्रतिक्विन्टल रु ५१७ मा खरिद गर्दै आएको छ ।
सिरहासहित सप्तरी, धनुषा, सर्लाहीका साथै छिमेकी मुलुक भारतका कतिपय ठाउँबाट समेत उखु मिलसम्म ल्याउने गरिएको छ । जिल्लामा करिब २५ हजार बिगाहा जग्गामा उखु खेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












