अस्तव्यस्त शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज
डोल्पा । डोल्पा जिल्लामा रहेको नेपालकै सबैभन्दा ठूलो शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज विभिन्न समस्यामा जेलिएको छ । दिन प्रतिदिन सक्रिय चोरी तस्करीका कारण निकुञ्जको अस्तित्व समेत गुम्नसक्ने खतरा बढेको छ ।
बढ्दै चोरी तस्करी
पछिल्लो समयमा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज चोरी तस्करीको ‘हव’ बन्न थालेको छ । दिन प्रतिदिन दुर्लभ जडीबुटी तस्करी तथा वन्यजन्तु चोरी सिकारी बढ्दोक्रममा रहेको छ ।
एक वर्ष अवधिमा मात्रै विश्वकै दुर्लभ वन्यजन्तु हिउँ चितुवा, कस्तुरी मृग, नावर, घोरललगायतका वन्यजन्तु धमाधम पासोमा परेर मृत फेला पर्न थालेको निकुञ्ज कार्यालयले जनाएको छ । श्रृङ्खलाबद्ध रुपमा घटिरहेका घटनाले निकुञ्जको अस्तित्व समेत गुम्ने खतरा बढेको छ । यस्ता आपराधिक क्रियाकलापले निकुञ्ज सुरक्षार्थ स्थापित निकुञ्ज कार्यालय तथा सेनालाई समेत चुनौती भएको छ ।
समुद्री सतहबाट २ हजार २ सय ५० देखि ६ हजार ८ सय ८३ मिटर उचाईमा पर्ने उक्त निकुञ्ज विश्वमै हिउँ चितुवाको धेरै घनत्व भएको निकुञ्ज समेत हो । निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरीका अनुसार आजभोलि तस्कर समेत आधुनिक बन्न थालेका छन् । उहाँ भन्नुहुन्छ, “पहिला पहिला नाइलनका पासो थाप्ने तस्करले अहिले अत्याधुनिक प्रकृतिका फलामे पासो थाप्ने गरेको पाइएको छ ।”यसले गर्दा दुर्लभ वन्यजन्तु दिनप्रतिदिन धरापमा परेर सिकार भइरहेका छन्” उहाँले थप्नुभयो ।
हिउँदको समयमा धेरै तस्करी
दुर्लभ वन्यजन्तुको चोरी तस्करी हिउँदको समयमा धेरै हुने गरेको पाइएको छ ।
हिउँदे मौसमसँगै कात्तिक महिनादेखि बढ्ने अत्यधिक चिसोले छ महिना उत्तरी क्षेत्र निर्जन हुन्छ । सम्पूर्ण स्थानीयबासी जाडो कटाउन पशु चौपायासहित बेँसी झर्दछन् । निकुञ्ज सुरक्षार्थ बसेको सुम्दो, तोइजुम पोस्टसमेत मुख्य कार्यालय सुलिगाडमा गाभिन्छन् । त्यसो त त्यस समयमा मान्छेको चहलपहल समेत शून्य हुने भएकाले पनि चोरी तस्करीको क्रम बढ्ने स्थानीयको भनाइ छ ।
बढ्दो क्रममा रहेको आपराधिक क्रियाकलाप कम गर्दै जैविक विविधताको संरक्षण गर्न जाडो समयमा समेत आलोपालो गरेर भए पनि निकुञ्जले सेना खटाउनुपर्ने स्थानीयको माग छ । उक्त समयमा पनि सेनाको आवागमन भइरहे तस्कर चलखेल गर्न नपाउने भएकाले चोरी सिकारी समेत घट्ने उनीहरुको दाबी छ ।
“ताल अवलोकन गर्ने भन्दै निकुञ्जको अनुमति बिनानै सिधै हेलिकोप्टर निकुञ्जको मुख्य भूभागमा बसाल्ने गर्दछन् । यस्तो कार्यले वन्यजन्तु तथा जडीबुटीसमेत तस्करी हुनसक्ने खतरा बढेको छ” फोक्सुन्डो गाविसका स्थानीय तेन्जिन लामाले भन्नुभयो । “हाम्रो त धर्मको सारनै हत्या हिंसा नगर्नु हो, घर वरपर नावर, घोरल कस्तुरीको बथान आउँछ, तर हामी उनीहरुको कुभलो गर्दैनौँ, विशेषतः तल्लो डोल्पाका मान्छेबाट यस्ता घटना बढी घट्ने गरेको पाइएको छ”, उहाँले थप्नुभयो ।
अत्याधुनिक पासोको प्रयोग
यहाँका दुर्लभ वन्यजन्तु सिकारका लागि तस्करले अत्याधुनिक पासोको प्रयोग गर्ने गरेको पाइएको छ । यसरी वन्यजन्तुलाई थापिने धरापमा मोटरसाइकल तथा साइकलको ब्रेकमा प्रयोग गरिएको फलामे तार पाइएको निकुञ्ज संरक्षण अधिकृत चौधरीले बताउनुभयो ।
कोर एरिया बाहिर निकुञ्ज कार्यालय
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जकोे मुख्य कार्यालय कोर एरिया ९ मुख्य क्षेत्र० बाहिर छन् । सेनाको गुल्म कोर एरियामा स्थापित छ । तर पनि निकुञ्जको तल्लो दक्षिणी सिमानामा यी कार्यालय रहेका छन् ।
संरक्षित वन्यजन्तु, जडीबुटी तथा प्राकृतिक, ऐतिहासिक तथा धार्मिक सम्पदा दूरीको हिसाबमा निकुञ्ज र सेनादेखि टाढा पर्दछन् । यस्तो बाध्यताले पनि विविधताको संरक्षण सोचेअनुरुप गर्न नसकिएको निकुञ्ज कार्यालयको भनाइ छ । द्वन्द्वकालमा निकुञ्जको मुख्य कार्यालय फोक्सुन्डो गाविसको ‘पलम’मा थियो । कार्यालय सञ्चालनका लागि चारवटा आधुनिक भवन बनाइएका थिए । निकुञ्जको मुख्य कार्यालयनै मध्यबिन्दुमा पर्ने भएपछि निकुञ्जको सुरक्षा व्यवस्था कडाइ गर्न सहज भएको थियो । हत्तपत्त तस्करको निसाना पनि पर्न सक्दैनथ्यो । जैविक विविधता संरक्षणमा प्रभावकारी कामकाज भएको थियो । तर द्वन्द्वकालमा माओवादीले कार्यालय भत्काइ दिएपछि तीन वर्ष विस्थापित अवस्थामा निकुञ्जको कामकाज भयो ।
त्यसपछि मुख्य कार्यालयनै सुलिगाडमा स¥यो, संरक्षण अधिकृत चौधरीले स्मरण गर्नुभयो । सुलिगाडमा निकुञ्जको मुख्य कार्यालय तथा सेनाको गुल्म छ ।
निकुञ्जको सबै भूभाग उत्तरी क्षेत्रमा पर्ने र मुख्य कार्यालयनै कोर एरिया बाहिर पर्ने भएकाले सुरक्षा व्यवस्थामा चुनौती खडा भएको छ, चौधरीले भन्नुभयो । निकुञ्जको सुरक्षार्थ खटिएको मुख्य कार्यालयनै संरक्षण क्षेत्र बाहिर हुनु राम्रो कुरा होइन, उहाँले थप्नुभयो । पटकपटक पुरानै स्थानमा सेना र निकुञ्जको भवन पुनःनिर्माणको लागि टिप्पणी उठाएर विभागमा पठाइयो तर सुनुवाइ भएन, उहाँले गुनासो गर्नुभयो ।
जिल्लाका मुख्य राजनीतिक दल तथा जिल्ला परिषद्मा समेत कार्यालय पुरानै ठाउँमा पुनःनिर्माण गरी निकुञ्जको सुरक्षा व्यवस्था थप चुस्तदुरुस्त बनाउन सहयोग गर्न पहल गरिए पनि कसैले चासो नदिएको उहाँको भनाइ छ । जबसम्म कार्यालय पुरानै ठाउँमा कार्यालय स्थापना गरिँदैन, तबसम्म निकुञ्ज सुरक्षामा चुनौती कायमै रहने उहाँले ठोकुवा गर्नुभयो । सम्बन्धित निकायको चासो नहुँदा वार्डेन र सेना सुविधामुखी भएको कुरा उहाँले स्वीकार गर्नुभयो ।
भूगोल ठुलो कर्मचारी कम
यस निकुञ्जको क्षेत्रफल ३५५५ वर्ग किमि रहेकोले भूगोल ठूलो छ । यो नेपालकै सबैभन्दा ठूलो निकुञ्ज हो । क्षेत्रफल ठूलो भएपनि कर्मचारीको पदपूर्ति दरबन्दीअनुसार हुन नसक्दा पनि संरक्षणमा चुनौती देखिएको निकुञ्जको भनाइ छ ।
निकुञ्जमा जम्मा ६७ जनाको दरबन्दी छ जसमा १८ जनाको मात्र पदपूर्ति भएको छ । बाँकी अधिकृत तीनमा एकजना, रेन्जर छ मा एकजना, सरदार दुईमा एकजना तथा गेमस्काउट २९ जनाको पद रिक्त रहेकाले कर्मचारीको अभाव भएकोे छ । जनशक्ति अभावमा निकुञ्जमा लक्ष्यअनुरुप काम गर्न नसकिएको निकुञ्जको भनाइ छ ।
अव्यवस्थित यार्सा सङ्कलनले अस्तित्व गुम्ने
प्रत्येक वर्ष हजारौँको सङ्ख्यामा मानिसहरु निकुञ्ज क्षेत्रमा प्रवेश गर्ने भएकाले पनि पछिल्लो समयमा आपराधिक क्रियाकलाप बढ्दै गएको निकुञ्ज कार्यालयले जनाएको छ ।
डोल्पालीको आर्यआर्जनसँग जोडिएको यार्सागुम्बा सङ्कलनकर्ताको विभिन्न क्रियाकलापले अस्तित्व खतरामा परेको कार्यालयको भनाइ छ । जबसम्म यार्सागुम्बा सङ्कलन कम हुँदैन तबसम्म आपराधिक चलखेल बढ्ने निकुञ्जको दाबी छ । अर्को कारण निकुञ्जभित्रको मानव आवासका कारण पनि संरक्षण सम्वद्र्धनमा कठिनाइ भएको कार्यालयको भनाइ छ ।
सूचनापाटी नहुँदा अन्योलमा पर्यटक
निकुञ्जसम्म पुग्ने बाटो तथा पुल जीर्ण भएकाले पर्यटकलाई सास्ती हुने गरेको छ । प्रत्येक वर्ष निकुञ्जमा करोडौँ बजेट आउने गरेता पनि संरचना भने पुरानै छन् ।
बाटोमा विभिन्न स्थानको सूचना दिने सूचनापाटी नहुँदा पर्यटकसमेत अन्योलमा पर्ने गरेको फोक्सुन्डो पुगेका मानव अधिकारवादी टङ्क खनालले बताउनुभयो ।
यस निकुञ्जको अस्तव्यस्तता हेर्दा सुन्दर प्रकृतिको अपमान भएजस्तो लाग्छ, खनालले भन्नुभयो । निकुञ्ज भने बारम्बार ठाउँ ठाउँमा सूचनापाटी राख्ने गरेता पनि यार्सागुम्बा सङ्कलन गर्न गएका सर्वसाधारणले काटेर दाउराको रुपमा प्रयोग गर्ने भन्दै पन्छिएको छ ।
शे–फोक्सुन्डो ताल, सुलिगाड झरना, शे गुम्बा, त्रिपुरासुन्दरी मन्दिर यस जिल्लाका मुख्य आकर्षण हुन् भने हिउँ चितुवा, हिमाली भालु, कस्तुरी, नावर दुर्लभ संरक्षित वन्यजन्तु हुन् । यार्सागुम्बा, जटामसी, पाँचऔँले यहाँका बहुमूल्य जडीबुटी हुन् ।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












