ताजा समाचार

प्रभु इन्स्योरेन्सले हकप्रद निस्कासन गर्न पायो अनुमति

काठमाडौं । प्रभु इन्स्योरेन्सलाई ५० प्रतिशत हकप्रद निस्कासनका लागि धितोपत्र बोर्डले अनुमति दिएको छ। प्रभु इन्स्योरेन्सले साबिक दुई बराबर एक हकप्रद शेयर निस्कासन गर्न अनुमति पाएको हो।

प्रभुले १९ करोड २५ लाख सात हजार नौ सय रुपैया बराबरका १९ लाख २५ हजार ७९ कित्ता शेयर निस्कासन गर्न लागेको हो। शेयर निस्कासनका लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ।

प्रभुको हाल चुक्ता पूँजी ३८ करोड ५० लाख १६ हजार रहेको छ। कम्पनीले पुस मसान्तसम्म दुई करोड ९२ लाख खुद मुनाफा गरेको छ। कम्पनीले गएको बर्सको मुनाफाबाट १७ प्रतिशत बोनश शेयर दिएको थियो। १७ प्रतिशत बोनश पश्चात चुक्ता पुजी ४५ करोड नाघ्ने छ। कम्पनीको प्रति शेयर आम्दामी १५.१७ रुपैयाँ छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org