अवैध रुपमा माटो उत्खनन गर्ने ट्याक्टर र जेसिवी नियन्त्रणामा
चितवन, १६ फागुन । अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ट्याक्टर र जेसिवी प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनको नदीजन्य पदार्थ उत्खनन नियन्त्रण तथा निरुत्साहित गर्ने अभियानअन्तर्गत पश्चिम चितवनमा उत्खनन गर्दै गरेका बेला प्रहरीले आठ वटा ट्याक्टर र तीन वटा जेसिवी नियन्त्रणमा लिएको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
भरतपुर–१८ को सिद्धी गणेश सामुदायिक वन क्षेत्रअन्तर्गत नारायणी नदी किनारमा गिटी–बालुवा उत्खनन गर्ने क्रममा आइतबार वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरीक्षक निरञ्जन भट्टराईको कमाण्डमा खटी गएको प्रहरी टोलीले उक्त स्थानबाट वरपिपल कन्ट्रक्सनको तीन वटा जेसिवी र आठ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
यसरी नियन्त्रणमा लिइएकोमा बा २ क ८८६, ना १क २६०१ र नम्बर नखुलेको जेसिवी छ । यस्तै ना ३ त ४२५५, ना ३ त ७३९५, ना ६ त १३२८, ना ५ त ३६४, लु २ त ५७६९, ना ४ त ७४४२, ना ३ त ६५६८, ना १ त ९५३० नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला विकास समिति चितवनमा पठाइएको प्रहरीले जनाएको छ ।
दुई सय लिटर घरेलु मदिरा बरामद
चितवन प्रहरीले घरेलु मदिरा बिक्री वितरण तथा ओसारपसार नियन्त्रण विशेष अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय खैरहनी र इलाका प्रहरी कार्यालय भण्डाराको टोलीले विभिन्न क्षेत्रबाट २०० लिटर घरेलु मदिरा बरामद गरेको छ ।
आइतबार खैरहनी नगरपालिका–८ बाट २०० लिटर अवैध घरेलु मदिरा र १०१ वटा मदिरा राख्ने प्लास्टिकका भाँडा, १४ वटा मदिरा बनाउने भाडा नियन्त्रणमा लिएको जनाइएको छ ।
आवश्यक कारबाहीका लागि बरामद सामग्री आज आन्तरिक राजस्व कार्यालय भरतपुरमा बुझाइने प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












