महाकाली नदीमा साढे चार अर्ब रुपैयाँमा बन्दैछ पुल, पुलसँगै चार लेनको करिब सात किलोमिटर सडक बन्ने
भीमदत्तनगर, १७ फागुन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले महाकाली नदीमा पुल निर्माणका लागि पुल योजनाको कार्यालय आज उद्घाटन गर्नुभएको छ ।
कञ्चनपुरको भीमदत्तानगरस्थित योजना कार्यालय उद्घाटनपछि मन्त्री लेखकले महाकाली नदीमा चार लेनको पक्की पुल बने प्रदेश नं ७ सँगै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । “पुल बने सुदूरपश्चिमको विकासमा क्रान्ति आउँछ भन्ने हाम्रो पुरानो सपना आज यथार्थमा रुपान्तरण हँुदैछ ।” मन्त्री लेखकले भन्नुभयो–“पुलसँगै पुल छेउछाउको बाढीको समस्या समाधानका साथै चार लेनकै करिब सात किलोमिटर सडक समेत निर्माण हुनेछ ।”
यहाँको भीमदत्तनगरपालिका र महाकाली पारि दोधारा चादँनी नगरपालिका जोड्ने पुल भारतीय ‘एक्जिट’ बैंकको रु साढे चार अर्बको सहुलियत ऋण लगानीमा निर्माण हुन लागेको हो । “पुल बनाउन सबै राजनीतिक दललगायत नागरिक समाजले सहयोग गर्नुपर्छ ।” उहाँले भन्नुभयो–“विकासका एजेन्डामा साझा भएर लाग्नुपर्छ, राजनीति गर्नुहुँदैन ।”
महाकालीमा अवस्थित शारदा ब्यारेजभन्दा ५.६ किमी दक्षिण र दोधारा चादँनी झोलुङ्गे पुलभन्दा २.६ किमी उत्तरतर्फको भूभागमा पुल निर्माण हुने छ ।
महाकाली पुल योजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तले सडक विभागको सडक सुधार आयोजनाअन्तर्गत महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण हुन लागेको जानकारी दिनुभयो । उहाँले पुलको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भइसकेको जानकारी दिँदै पुल निर्माणको ठेक्का प्रक्रियाको कागजी काम भइरहेको बताउनुभयो । “पुल निर्माणको ठेक्का प्रक्रियाको कागजी काम अन्तिम चरणमा छ”, उहाँले भन्नुभयो, “केही समयभित्र निर्माणको काम सुरु हुन्छ ।” रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












