ग्रामीण क्षेत्रका महिला व्यावसायिक बन्दै
बाजुरा, १८ फागुन । पछिल्लो समय ग्रामीण क्षेत्रका महिला व्यावसायिक बन्दै गएका छन् ।
पुरुषको मात्र भर पर्दैआएका महिला आफैले आर्थिक उपार्जनका काम गर्न थालेका छन् । दहकोट गाविसका भानादेवी रोकायाले आफ्नो नाममा उद्योग दर्ता गराउनुभयो । उहाँले घरेलु तथा साना उद्योग कार्यालयबाट ४५ दिनको कपडा बुनाइ सम्बन्धी तालिम समेत लिनुभएको छ ।
जिल्लाको एउटा गैरसकारी संस्थाले उहाँलाई कपडा बुनाई सम्बन्धी चर्खा र तान समेत सहयोग गरेको छ । सदरमुकाम मार्तडीमा स्थापना गरेको सो उद्योगमा कपडा बुन्ने काम गरिँदै आएको छ । अचेल उहाँले अन्य महिलालाई समेत सीप सिकाइरहनुभएको छ ।
“साझबिहान के खाने भन्ने चिन्ता हुन्थ्यो, अहिले राम्रै आम्दानी भइरहेको छ,” उहाँले भन्नुभयो । उहाँले अल्लो भाँग्रोका कोट, पाइन्ट, झोला, जुत्तालगायत कपडा बुन्ने गर्नुभएको छ । अल्लो भाग्रोका कपडा प्रति मिटर रु ८०० देखि रु एक हजारसम्ममा बिक्री गर्दैआउनुभएको छ ।
त्यस्तै बडिमालिका नगरपालिका– ९ का सरस्वती पाध्यायले नेपालगन्जबाट रु आठ हजारमा ठेला ल्याई चाउमिन, चट्पटे, पानीपुरी, अण्डा, पकौडा, समोसालगायत परिकार बनाउन बिक्री गर्नुहुन्छ । ठेलाव्यापारबाट दैनिक रु एकहजार ५०० देखि रु दुई हजारसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।
“आम्दानी हुन थालेपछि श्रीमान् पनि खुसी हुनुहुन्छ,” उहाँले भन्नुभयो । ठेलाव्यापारकै कमाइले उहाँले घरखर्च चलाउँदै आउनुभएको छ ।
व्यवसाय सञ्चालन गर्न सहयोग गर्दै आएको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष देवबहादुर रोकायाले बताउनुभयो । दर्ता गर्ने तर व्यवसाय नगर्ने पाइएकाले व्यवसाय सञ्चालन गर्न उहाँले सवैलाई आग्रह गर्नुभयो । जिल्लाका ग्रामीण भेगका अन्य महिलाले समेत विभिन्न व्यवसाय गर्न थालेका छन् । उनीहरुले गाउँमै सहकारी स्थापना गरेर व्यवसाय सञ्चालन गर्ने गरेका पाइएको छ । तरकारीखेती, कुखुरापालन, सिलाइकटाई जस्ता थुप्रै काममा पछिल्लो समय महिला अग्रसर भएका महिला अधिकारकर्मी सीता विश्वकर्मा बताउनुहुन्छ । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












