प्रथम पूर्वाञ्चल पुष्प व्यापार मेला हुँदै,१० लाखको व्यवसायिक कारोबार हुने अपेक्षा
काठमाडौं । पूर्वाञ्चलका मुख्य तीन जिल्लाहरु सुनसरी, मोरङ र झापामा पुष्प तथा आलंकाकी बोट विरुबाको व्यवसायिक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले प्रथम पूर्वाञ्चल पुष्प व्यापार मेला फाल्गुन २३ देखि २५ गतेसम्म ३ दिन अमान बजार, छाता चोक धरानमा संचालन हुने भएको छ । पुष्पको व्यवसाय प्रवद्र्धन गर्न आयोजना गरिने यस मेला प्रदर्शनीको नारा “ घर आँगन होस या नदी किनारा, रोपि स्वदेशी फूल विरुवा बनाऔ पुर्वाञ्चल हराभरा” भन्ने रहेको छ ।
पुष्प व्यवसाय प्रवद्र्धनका सम्वन्धमा समय अनुकूल व्यवसायिकता तर्फ उन्मुख गर्न पुष्प तथा आलंकाकी बोट विरुबाको विकास, विस्तार, पहिचान एवं गुणस्तरिय उत्पादनमा सहयोग पु¥याउनका लागि यस किसिमका कार्यव्रmमहरु देशका विभिन्न भागहरुमा फ्लोरिकल्चर एशोििसएशन नेपालले आयोजना गर्दै आएको छ ।
यस प्रथम पूर्वाञ्चल पुष्प व्यापार मेला २०७३ को उद्देश्य मुख्यतः पुर्वाञ्चलका मुख्य तीन जिल्लाहरु सुनसरी, मोरङ र झापाका पुष्प व्यवसायीहरुलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरु विच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्याउनु रहेकोछ ।
हाल पुष्प उत्पादक कृषकहरुको आफ्ना उत्पादनको बजार क्षेत्र सिमित रहेको सन्दर्भमा यस प्रकारको प्रदर्शनीको आयोजनाबाट पुष्पप्रेमी उपभोक्ता बढन जाने भई बजार विस्तार गर्न सकिन्छ भन्ने फ्यानको बिस्वास छ । पुष्पको जातिय विकास संगै गुणस्तरिय उत्पादनले मात्र उपभोक्ता आकर्षित हुने हुदा पुष्प व्यवसायीहरु विच प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरिने भएको छ ।
प्रतिस्पर्धामा समावेश भएका नर्सरीहरुलाई प्रथम, द्वितीय तथा तृतीय घोषणा गरि शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ । यस्ता प्रतियोगिताले उत्पादकहरुको स्वच्छ प्रतिस्पर्धाको बिकास भई गुणस्तरिय फूल बिरुवाहरु उत्पादन गर्न सघाउ पु¥याउनुका साथै क्षमता अभिबृद्धि हुने छ ।
मेलामा व्यवसायिक स्टल १३, सूचनामुलक १ र प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा १५ वटा प्रदर्शनी कक्षहरु रहने छन् ।
यस मेलाबाट पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवाप्रति अभिरुची राख्ने, यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने विश्वास लिएको बताउँदै फ्यानका बरिष्ठ उपाध्यक्ष दिलिप बादेले पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्राप्त गर्न सकिने जानकारी दिए ।
मेला र प्रदर्शनीको आयोजनाबाट प्रत्यक्ष एवं परोक्ष रुपमा पुष्प व्यवसायको विकास, बिस्तार तथा प्रबद्र्धनमा महत्वपूर्ण सघाउ पुगेको बादेले बताए । नेपालमा सन् १९५० बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकाश तथा विस्तार संग संगै पुष्प व्यवसायको केन्द्र काठमाण्डौँ मात्र नभएर पोखरा, नारायणघाट, हेटौँडा, काभ्रे, विराटनगर, धरान, धनगढी लगायतका सहरहरुमा फैलदो स्थितिमा छ । आ.ब. २०७२/७३ सम्म आई पुग्दा हाल ३९ जिल्लामा लगभग ६७५पुष्प फर्म/नर्सरीहरु बिस्तार भईसकेको छ । लगभग १४७ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको र ४१,००० भन्दा बढि व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित र रोजगारी उपलब्ध गराई रहेको यस व्यवसायले आ.ब. २०७२/७३ जम्मा १ अर्व ३४ करोड भन्दा बढिको कारोबार गर्न सफल भएको छ ।

कृषिमा आधारित हाम्रो देश वातावारणीय विविधता तथा प्राकृतिक सम्पदाले भरिपूर्ण भएकोले पूष्प व्यवसायको विकास तथा प्रबद्र्धनको सम्भावना अझ बढीे छ । हाल उद्योगको रुपमा अगाडी बढीरहेको पुष्प व्यावसायको दिगो संस्थागत विकास, गुणस्तरीय उत्पादन आन्तरिक बजार व्यवस्थापन आयात प्रतिस्थापन तथा निर्यात प्रबद्र्धन आदिमा सम्बन्धित संघ संस्थाहरुले खेल्दै आएको भुमिका महत्वपुर्ण रहेको छ । साथै आगामी दिनहरुमा पूष्प व्यवसायको व्यवसायिकरण र निर्यात प्रबद्र्धनमा यस संस्थाले अझै शसक्तरुपमा भुमिका खेल्ने फ्लोरिकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । मेलामा १० हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै १० लाखको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












