मजदुरी गरेर छोराछोरीको पढाइ खर्च जुटाउँदै महिला
रामपुर (पाल्पा), २१ फागुन । रामपुर खयरबोटकी सरिता नेपालीले मिस्त्री काम गरेर चार सन्तानको लालनपालन र पढाइ खर्च जुटाउँदै आउनुभएको छ ।
नेपालीलाई मिस्त्री काम गरेर एक दिनमा बुझेको पाँच सयले घरको गुजारा चलाउन र छोराछोरीको पढाइ खर्च चलाउन त्यती सजिलो छैन । “जागिर गर्न पढ्न सकिएन, गाउँमा ठूलाठूला उद्योग, कलकारखाना छैनन्, पाखुरा चल्दासम्म मिस्त्री काम गरेरै भए पनि गुजारा चलाउनुप¥यो”, नेपालीले भन्नुभयो । रामपुर सानीअमराईकी धनमाया दरैले मिस्त्री काम गरेर चारजना छोराछोरीको पालनपोषण, पढाइ खर्च र बिरामी श्रीमान्को औषधि उपचार गर्न बाध्य हुनुहुन्छ । उहाँले दिनमा मिस्त्री काम गरेर चार सय रुपैयाँ बुझ्ने गरेको बताउनुभयो ।
रामपुर नगरपालिका–११ रानीबासकी सबिरन मियाँलाई मजदुरी काम नगरेसम्म साँभmबिहान हातमुख जोर्ने अरू कुनै उपाय छैन । उहाँ बिहान ९ देखि साँभm ५ बजेसम्म घर बनाउने मिस्त्री काम गर्नुहुन्छ । आजभन्दा २० वर्ष पहिले प्रेम सम्बन्धमा बाँधिएर घरजम गर्नुभएकी मियाँले श्रीमान्ले वास्ता गर्न छाडेपछि तीनजना छोराछोरी हुर्काउन र पढाउन निकै धौधौ प¥यो । अहिले उहाँ मेलापात, मिस्त्री काम गरेर साँझबिहान छाक टार्दै आउनुभएको छ ।
दिनभर मिस्त्री काम गरेर कमाएको रु पाँच सयले साँभmबिहान मुस्किलले हातमुख जोर्ने गरेको उहाँले बताउनुभयो । “पहिलाको समयमा महिलाले मिस्त्री काम गर्नु हँुदैनथ्यो भन्थे, अहिले बाँच्नै प¥यो जे सकिन्छ त्यही गर्नुप¥यो”—“दश वर्ष भयो श्रीमान्ले हेर्दैनन्, खेती गरेर खाने जग्गा छैन, श्रीमान्ले दिएको सात आना जग्गा नागरिकता नबनाई दिँदा आफ्नो नाममा नामसारी पनि गर्न पाएको छैन”, उहाँले भन्नुभयो ।
उहाँले सिमेन्ट घोल्ने, तारजाली बुन्ने, घरमा इँट्टाको गारो लगाउने लगायतका
काम गर्नुहुन्छ । आर्थिक अभावकै कारण गत वर्ष एसएलसी उत्तीर्ण गरेकी
छोरीको उच्च शिक्षा पढ्ने रहर हुँदाहँुदै पढाउन नसकिएको र ७ कक्षामा पढ्दै गरेको छोराको पढाइ खर्च पु¥याउन नसकेपछि भारततिर मजदुरीका लागि पठाउन बाध्य भएको मियाँले दुःखेसो पोख्नुभयो । अधिकांश घर, भवन निर्माण गर्ने कार्यमा संलग्न महिलाले पुरुषसरह समान काम गरे पनि ज्यालामा पुरुषको तुलनामा आधा बुझ्ने गरेको पाइएको छ । एक दिनमा मिस्त्री काम गरेबापत एक जना मिस्त्रीले चार सय देखि आठ सयसम्म रकम बुझ्ने गरेको सल्यानदेखि रामपुरमा मजदुरी गर्न आउनुभएका डिल्लीराम रेउले बताउनुहुन्छ । सीप र मिहेनतका हिसाबले महिला पनि पुरुषसरह नै जुनसुकै काममा सक्रिय छन् । तर पनि महिलामाथि कुदृष्टि राख्ने, महिलालाई उपेक्षाले हेर्ने, त्यसै माथि समान काम ज्यालामा विभेद भने हाम्रो समाजमा विद्यमान कायम नै छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












