मजदुरी गरेर छोराछोरीको पढाइ खर्च जुटाउँदै महिला
रामपुर (पाल्पा), २१ फागुन । रामपुर खयरबोटकी सरिता नेपालीले मिस्त्री काम गरेर चार सन्तानको लालनपालन र पढाइ खर्च जुटाउँदै आउनुभएको छ ।
नेपालीलाई मिस्त्री काम गरेर एक दिनमा बुझेको पाँच सयले घरको गुजारा चलाउन र छोराछोरीको पढाइ खर्च चलाउन त्यती सजिलो छैन । “जागिर गर्न पढ्न सकिएन, गाउँमा ठूलाठूला उद्योग, कलकारखाना छैनन्, पाखुरा चल्दासम्म मिस्त्री काम गरेरै भए पनि गुजारा चलाउनुप¥यो”, नेपालीले भन्नुभयो । रामपुर सानीअमराईकी धनमाया दरैले मिस्त्री काम गरेर चारजना छोराछोरीको पालनपोषण, पढाइ खर्च र बिरामी श्रीमान्को औषधि उपचार गर्न बाध्य हुनुहुन्छ । उहाँले दिनमा मिस्त्री काम गरेर चार सय रुपैयाँ बुझ्ने गरेको बताउनुभयो ।
रामपुर नगरपालिका–११ रानीबासकी सबिरन मियाँलाई मजदुरी काम नगरेसम्म साँभmबिहान हातमुख जोर्ने अरू कुनै उपाय छैन । उहाँ बिहान ९ देखि साँभm ५ बजेसम्म घर बनाउने मिस्त्री काम गर्नुहुन्छ । आजभन्दा २० वर्ष पहिले प्रेम सम्बन्धमा बाँधिएर घरजम गर्नुभएकी मियाँले श्रीमान्ले वास्ता गर्न छाडेपछि तीनजना छोराछोरी हुर्काउन र पढाउन निकै धौधौ प¥यो । अहिले उहाँ मेलापात, मिस्त्री काम गरेर साँझबिहान छाक टार्दै आउनुभएको छ ।
दिनभर मिस्त्री काम गरेर कमाएको रु पाँच सयले साँभmबिहान मुस्किलले हातमुख जोर्ने गरेको उहाँले बताउनुभयो । “पहिलाको समयमा महिलाले मिस्त्री काम गर्नु हँुदैनथ्यो भन्थे, अहिले बाँच्नै प¥यो जे सकिन्छ त्यही गर्नुप¥यो”—“दश वर्ष भयो श्रीमान्ले हेर्दैनन्, खेती गरेर खाने जग्गा छैन, श्रीमान्ले दिएको सात आना जग्गा नागरिकता नबनाई दिँदा आफ्नो नाममा नामसारी पनि गर्न पाएको छैन”, उहाँले भन्नुभयो ।
उहाँले सिमेन्ट घोल्ने, तारजाली बुन्ने, घरमा इँट्टाको गारो लगाउने लगायतका
काम गर्नुहुन्छ । आर्थिक अभावकै कारण गत वर्ष एसएलसी उत्तीर्ण गरेकी
छोरीको उच्च शिक्षा पढ्ने रहर हुँदाहँुदै पढाउन नसकिएको र ७ कक्षामा पढ्दै गरेको छोराको पढाइ खर्च पु¥याउन नसकेपछि भारततिर मजदुरीका लागि पठाउन बाध्य भएको मियाँले दुःखेसो पोख्नुभयो । अधिकांश घर, भवन निर्माण गर्ने कार्यमा संलग्न महिलाले पुरुषसरह समान काम गरे पनि ज्यालामा पुरुषको तुलनामा आधा बुझ्ने गरेको पाइएको छ । एक दिनमा मिस्त्री काम गरेबापत एक जना मिस्त्रीले चार सय देखि आठ सयसम्म रकम बुझ्ने गरेको सल्यानदेखि रामपुरमा मजदुरी गर्न आउनुभएका डिल्लीराम रेउले बताउनुहुन्छ । सीप र मिहेनतका हिसाबले महिला पनि पुरुषसरह नै जुनसुकै काममा सक्रिय छन् । तर पनि महिलामाथि कुदृष्टि राख्ने, महिलालाई उपेक्षाले हेर्ने, त्यसै माथि समान काम ज्यालामा विभेद भने हाम्रो समाजमा विद्यमान कायम नै छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












