चैत पहिलो सातादेखि उडान गर्ने गरी जेट इन्जिन भएको सौर्य एयरको जहाज भित्रँदै
विराटनगर। यही फागुन २६ गतेभित्रमा सौर्य एयरले अर्को जहाज ल्याउने भएको छ ।
सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले जेट इन्जिन भएको सिआरजे २०० जहाज ढिलोमा पनि यही फागुन २६ गतेभित्र नेपाल आइपुग्ने बताए ।
नयाँ जहाज ल्याएपछि सरकारी प्रक्रिया पूरा गरेर चैतको पहिलो सातादेखि मात्र उडान सुचारु गरिने उनले बताए।
यो एयरलाइन्सले विगत साढे दुई वर्षदेखि ५० यात्रुको क्षमता रहेको एक विमानबाट आन्तरिक उडानमा सेवा दिइरहेको छ ।अध्यक्ष पोखरेलका अनुसार क्यानाडाको प्रसिद्ध र सबैभन्दा पुरानो बम्बाडिया कम्पनीबाट खरिद गरिएको अब ल्याइने जहाज पनि ५० सिट क्षमताकै हुनेछ ।
‘नेपालको आन्तरिक उडानमा जेट इन्जिन जडान गरिएको विमान सौर्य एयरको मात्र हो’, दीपकले भने, ‘अहिले सञ्चालनमा रहेको विमानमा जेटकै इन्जिन छ र अब ल्याइने विमानमा पनि ।’
एक मात्र जहाज भएकाले कहिलेकाहिँ समयमा उडाउन नसकिएको बताउँदै उनले अर्को जहाज आएपछि एयरलाइन्सकै कारणले ढिलो नहुने दाबी गरे ।
‘एअर ट्राफिम जाम भएर उडानमा बिलम्ब भयो भने बेग्लै कुरा हो’, अध्यक्ष पोखरेलले भने, ‘तर जहाजकै कारण चाहिँ अब उडान ढिलो हुँदैन ।’
सौर्यले हाल काठमाडौंबाट नेपालगञ्ज, भैरहवा र भद्रपुरमा उडान भरिरहेको छ । अर्को जहाज आएपछि धनगढी र भैरहवामा पनि उडान गर्नेछ । यसबाहेक जनकपुरको विमानस्थललाई पनि स्तरोन्नति गरिएको हुँदा त्यहाँ पनि सेवा पु¥याउने योजना भइरहेको छ ।
धनगढी र भैरहवाका लागि भने क्याप्टेन, पाइलट, एअर होस्टेज लगायतका कर्मचारीको छनौट भइसकेको उनले जानकारी दिए ।कुनै भवितव्य परेर ल्यान्ड गर्न नसकी आकाशमै उडाइरहनु प¥यो वा अन्यत्र अवतरण गर्नुपयो भने नेपालका अरू जहाज बढीमा २ घण्टा ३० मिनेट मात्र उड्न सक्छ तर सौर्यको विमानलाई ५ घण्टा ३० मिनेट उडाएर सुरक्षित विमानस्थलमा पुयाउन सकिने पोखरेलले दाबी गरे ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












