चैत पहिलो सातादेखि उडान गर्ने गरी जेट इन्जिन भएको सौर्य एयरको जहाज भित्रँदै
विराटनगर। यही फागुन २६ गतेभित्रमा सौर्य एयरले अर्को जहाज ल्याउने भएको छ ।
सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले जेट इन्जिन भएको सिआरजे २०० जहाज ढिलोमा पनि यही फागुन २६ गतेभित्र नेपाल आइपुग्ने बताए ।
नयाँ जहाज ल्याएपछि सरकारी प्रक्रिया पूरा गरेर चैतको पहिलो सातादेखि मात्र उडान सुचारु गरिने उनले बताए।
यो एयरलाइन्सले विगत साढे दुई वर्षदेखि ५० यात्रुको क्षमता रहेको एक विमानबाट आन्तरिक उडानमा सेवा दिइरहेको छ ।अध्यक्ष पोखरेलका अनुसार क्यानाडाको प्रसिद्ध र सबैभन्दा पुरानो बम्बाडिया कम्पनीबाट खरिद गरिएको अब ल्याइने जहाज पनि ५० सिट क्षमताकै हुनेछ ।
‘नेपालको आन्तरिक उडानमा जेट इन्जिन जडान गरिएको विमान सौर्य एयरको मात्र हो’, दीपकले भने, ‘अहिले सञ्चालनमा रहेको विमानमा जेटकै इन्जिन छ र अब ल्याइने विमानमा पनि ।’
एक मात्र जहाज भएकाले कहिलेकाहिँ समयमा उडाउन नसकिएको बताउँदै उनले अर्को जहाज आएपछि एयरलाइन्सकै कारणले ढिलो नहुने दाबी गरे ।
‘एअर ट्राफिम जाम भएर उडानमा बिलम्ब भयो भने बेग्लै कुरा हो’, अध्यक्ष पोखरेलले भने, ‘तर जहाजकै कारण चाहिँ अब उडान ढिलो हुँदैन ।’
सौर्यले हाल काठमाडौंबाट नेपालगञ्ज, भैरहवा र भद्रपुरमा उडान भरिरहेको छ । अर्को जहाज आएपछि धनगढी र भैरहवामा पनि उडान गर्नेछ । यसबाहेक जनकपुरको विमानस्थललाई पनि स्तरोन्नति गरिएको हुँदा त्यहाँ पनि सेवा पु¥याउने योजना भइरहेको छ ।
धनगढी र भैरहवाका लागि भने क्याप्टेन, पाइलट, एअर होस्टेज लगायतका कर्मचारीको छनौट भइसकेको उनले जानकारी दिए ।कुनै भवितव्य परेर ल्यान्ड गर्न नसकी आकाशमै उडाइरहनु प¥यो वा अन्यत्र अवतरण गर्नुपयो भने नेपालका अरू जहाज बढीमा २ घण्टा ३० मिनेट मात्र उड्न सक्छ तर सौर्यको विमानलाई ५ घण्टा ३० मिनेट उडाएर सुरक्षित विमानस्थलमा पुयाउन सकिने पोखरेलले दाबी गरे ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












