सान्जेनको सुरुङ खोलियो २० महिनाभित्र उत्पादन हुने
काठमाडौं । रसुवा जिल्लाको उत्तरी क्षेत्रमा निर्माणाधीन माथिल्लो जलविद्युत् आयोजनाको २० महिनाभित्र उत्पादन सुरु हुने भएको छ ।
समुद्री सतहदेखि दुई हजार ३५० मिटर उचाइको चिलिमे गाविसअन्तर्गत तिलोचेबगरमा बाँध बाधी सोही गाविस–४ सिम्बु गाउँमा निर्माणकार्य भइरहेको १४ दशमलव आठ मेगावाट क्षमताको विद्युत् गृहमा पानी ल्याउने एक हजार ३८७ मिटर लम्बाइको हेड्रेस सुरुङको डिजाइनबमोजिम सफलतापूर्वक सुरुङ खोल्ने काम ९ब्रेकथु० आइतबार सम्पन्न गरेपछि अब २० महिनभित्र उत्पादन गरी सक्ने लक्ष्य लिइएको साञ्जेन जलविद्युत् कम्पनीले जनाएको छ ।
उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठका अनुसार रु दुई अर्ब २१ करोडको लागतमा निर्माण सम्पन्न हुने माथिल्लो साञ्जेन जलविद्युत् आयोजना पेट्रोलियम पदार्थको अभाव २०७२ साल वैशाख १२ को भूकम्पले बाहिरी क्षेत्रको सडक क्षति पु¥याउँदा निर्माणको अवधि बढ्न गएको हो ।
प्रसारण लाइन निर्माणमा ढिलाइ भए पनि पहिलो चरणमा उत्पादन हुने १४ दशमलव आठ मेगावाट विद्युत् क्षमताको आधारमा चिलिमे कम्पनीको लाइनमार्फत राष्ट्रिय प्रसारणमा बढाइने छ ।
रसुवा जिल्लाको उत्तरी क्षेत्रमा निर्माणाधीन माथिल्लो जलविद्युत् आयोजनाको २० महिनाभित्र उत्पादन सुरु हुने भएको छ ।
समुद्री सतहदेखि दुई हजार ३५० मिटर उचाइको चिलिमे गाविसअन्तर्गत तिलोचेबगरमा बाँध बाधी सोही गाविस–४ सिम्बु गाउँमा निर्माणकार्य भइरहेको १४ दशमलव आठ मेगावाट क्षमताको विद्युत् गृहमा पानी ल्याउने एक हजार ३८७ मिटर लम्बाइको हेड्रेस सुरुङको डिजाइनबमोजिम सफलतापूर्वक सुरुङ खोल्ने काम ९ब्रेकथु० आइतबार सम्पन्न गरेपछि अब २० महिनभित्र उत्पादन गरी सक्ने लक्ष्य लिइएको साञ्जेन जलविद्युत् कम्पनीले जनाएको छ ।
उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठका अनुसार रु दुई अर्ब २१ करोडको लागतमा निर्माण सम्पन्न हुने माथिल्लो साञ्जेन जलविद्युत् आयोजना पेट्रोलियम पदार्थको अभाव २०७२ साल वैशाख १२ को भूकम्पले बाहिरी क्षेत्रको सडक क्षति पु¥याउँदा निर्माणको अवधि बढ्न गएको हो ।
प्रसारण लाइन निर्माणमा ढिलाइ भए पनि पहिलो चरणमा उत्पादन हुने १४ दशमलव आठ मेगावाट विद्युत् क्षमताको आधारमा चिलिमे कम्पनीको लाइनमार्फत राष्ट्रिय प्रसारणमा बढाइने छ ।
चिलिमेस्थित साम्वालिङ पुवा क्लबका अध्यक्ष सोनाम दोर्जे लामासहितका स्थानीय बासिन्दाले विद्युत् उत्पादनको महत्वपूर्ण पाटो सुरुङको सफल कामले अब छिट्टै विद्युत् उत्पादन हुने पूर्ण विश्वास रहेको बताउनुभयो ।
सुरुङ छेड्ने कार्यमा साञ्जेल जलविद्युत् कम्पनीका अध्यक्ष गोपालबाबु भट्टराई, रसुवागढी चिलिमे तथा मैलुङ जलविद्युत् कम्पनीका प्राविधिक समेतको सहभागिता रहेको थियो ।
यस्तै साञ्जेल कम्पनीमार्फत निर्माणाधीन ४२ दशमलव पाँच मेगावाट क्षमताको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको काम पनि धमाधम अगाडि बढिरहेको अब २२ महिनाभित्र सो आयोजना पनि सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाका निमित्त प्रमुख गुरुदास अमात्यले जानकारी दिनुभयो । रास
चिलिमेस्थित साम्वालिङ पुवा क्लबका अध्यक्ष सोनाम दोर्जे लामासहितका स्थानीय बासिन्दाले विद्युत् उत्पादनको महत्वपूर्ण पाटो सुरुङको सफल कामले अब छिट्टै विद्युत् उत्पादन हुने पूर्ण विश्वास रहेको बताउनुभयो ।
सुरुङ छेड्ने कार्यमा साञ्जेल जलविद्युत् कम्पनीका अध्यक्ष गोपालबाबु भट्टराई, रसुवागढी चिलिमे तथा मैलुङ जलविद्युत् कम्पनीका प्राविधिक समेतको सहभागिता रहेको थियो ।
यस्तै साञ्जेल कम्पनीमार्फत निर्माणाधीन ४२ दशमलव पाँच मेगावाट क्षमताको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको काम पनि धमाधम अगाडि बढिरहेको अब २२ महिनाभित्र सो आयोजना पनि सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाका निमित्त प्रमुख गुरुदास अमात्यले राससलाई जानकारी दिनुभयो ।
Comments
अरु समाचार
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...