इलाममा ३३० सौर्य सडकबत्ती जडान गरिने भएपछि स्थानीय हर्षले गदगद
इलाम, २४ फागुन । इलाम नगरपालिका कार्यालय र सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामले सदरमुकाममा ३३० वटा सौर्य सडकबत्ती जडान गर्ने भएको छ ।
इलाम नगरपालिका कार्यालयले स्थानीयको साझेदारीमा १३० वटा सडकबत्ती जडान गर्ने भएको छ । यसमा उपभोक्ताको ३५ प्रतिशत र स्थानीय विकास मन्त्रालयको बाँकी लगानीमा सडकबत्ती जडान गरिने नगरपालिकाका प्राविधिक मेघनाथ ढुङ्गानाले न्युज –नेपाललाई जानकारी दिए ।
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामले १२० सौर्य सडकबत्ती जडान गर्ने भएको छ । नगरपालिकाभित्रको चार किलोमिटर सडक क्षेत्रमा सौर्यबत्ती जडान गरिने कार्यालयका कमलनिधि चापागार्इंले बताए ।
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले राख्ने सौर्य सडकबत्तीका लागि प्राथामिकता निर्धारण गरिसकेको छ । भानुपथदेखि थेवेचोक, बसपार्कदेखि चोकबजार हुँदै मालापथ र धोबीधारा क्षेत्रसम्म सौर्य सडकबत्ती जडान गर्ने जनाएको छ ।
सरकारी कार्यालय परिसरमा थप ८० वटा सौर्य सडकबत्ती जडान गरिने बताइएको छ । त्यसका लागि पनि प्राथमिकता निर्धारण भइसकेको छ ।
यहाँ रहेका सबैजसो सरकारी कार्यालयमा सौर्य सडकबत्ती जडान हुने सहरी विकासका चापागाईंले बताए ।
“सौर्य सडकबत्ती राख्नका लागि अहिले सर्वे सम्पन्न भइसकेको छ”, चापागाईले भने, “वैशाख÷जेठसम्ममा काम सकिन्छ ।” सोही कार्यक्रमअन्तर्गत केही कार्यालयमा भने वर्षात्को पानी सङ्कलनको काम पनि गरिनेछ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












