प्रभु इन्स्योरेन्सले हकप्रद सेयर निस्कासनको प्रकृया थाल्यो
काठमाडौँ। प्रभु इन्स्योरेन्सले हकप्रद निस्कासनका लागि चैत ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। कम्पनीले ५० प्रतिशत हकप्रद निस्कासन गर्न लागेको हो। चैत ५ गतेसम्म दोस्रो बजारमा शेयर खरीद गर्ने लगानीकर्ताले हकप्रद आबेदन दिन सक्ने छन्।
कम्पनीले फागुन ११ गते धितोपत्र बोर्डबाट हकप्रद निस्कासन गर्ने अनुमति पाएको थियो। कम्पनीको हकप्रद निस्कासनको बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल छ।
कम्पनीले १९ करोड २५ लाख रुपैयाँ बराबरका १९ लाख २५ हजार कित्ता हकप्रद निस्कासन गर्न लागेको हो। कम्पनीको चुक्ता पूँजी ३८ करोड ५० लाख रुपैयाँ छ। पुस मसान्तसम्म कम्पनीले दुई करोड ९२ लाख खुद मुनाफा आर्जन गरेको छ।
कम्पनीले गत बर्षको नाफाबाट १७ प्रतिशत बोनस सेयर दिएको थियो। वोनस सेयरपछि चुक्ता पूँजी ४५ करोड नाघ्ने छ। वोनस सेयरपछि कायम पूँजीमा कम्पनीले ५० प्रतिशत हकप्रद दिन लागेको हो। हकप्रदपछि पूँजी ६८ करोड पुग्ने छ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












