भूकम्पले भत्किएको विद्यालय पुनर्निर्माण
बाबियाचौर (म्याग्दी), १ चैत । म्याग्दीको पाखापानीमा भूकम्पले भत्किएको विद्यालय भवन सोमबार पुनर्निर्माण भएको छ ।
एक विदेशी संस्थाको सहयोगमा मालिका आधारभूत विद्यालयको दुईकोठे कक्षाकोठा भवन पुनर्निर्माण भएको हो । भूकम्पका कारण सो विद्यालयको सातकोठे भवन भत्किएको थियो । अमेरिकाको ग्लोबल न्युटे«सन एन्ड इम्पावरमेन्ट (जिएनआई) संस्थाको रु १२ लाख आर्थिक सहयोगमा पुनर्निर्माण भएको भवनको सोमबार उद्घाटन गरिएको छ । स्थानीयवासीले थप रु एक लाख बराबरको श्रमदान गरेर निर्माण गरेको भवनको संस्थाकी अध्यक्ष म्यारी लङले उद्घाटन गर्नुभयो ।
न्यूरो सर्जन चिकित्सक रहेकी लङले अमेरिकामा स्वयम्सेवकबाट सङ्कलन गरेको रकम भवन पुनर्निर्माणमा सहयोग गरेको र यसबाट विद्यार्थीको पढाइमा सघाउ पुग्ने बताउनुभयो । सो विद्यालयमा जिल्ला शिक्षा कार्यालयको रु १९ लाख ५० हजार अनुदान सहयोगमा अर्को तीनकोठे भवनसमेत पुनर्निर्माण भएको थियो । भूकम्पले भवन भत्किएपछि जिएनआई संस्थाको रु एक लाख ५० हजार सहयोगमा अस्थायी टहरा बनाएर पठनपाठन सञ्चालन गरिएको थियो ।
अझै थप पाँचवटा कोठा भएको भवन आवश्यक रहेको प्रअ खिममाया छन्त्यालले बताउनुभयो । अहिले बालकक्षा ३, ५, ४ र १ कक्षाका विद्यार्थीलाई टहरामा राखेर पढाउने गरिएको छ ।
पानी पर्दा हिलो हुने, घाम लाग्दा पोल्ने, कापी–किताब भिज्ने र चिसो हुने समस्या रहेको विद्यार्थी पुनम पाइजाले बताउनुभयो । चिसो, हिलो, हुरीबतास, चर्को घाममा टिनले पोलेर समस्या भएको र कक्षा ८ सम्मको पठनपाठन हुने सो विद्यालयमा ९० जना विद्यार्थी अध्ययनरत छन् ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












