विश्व बैंकले पुनःनिर्माणमा सहयोग बढाउने, जनताको जीविकोपार्जनमा सहयोग विस्तारमा सघाउने
काठमाडौँ। विश्व बैंकले नेपालमा भूकम्पपछिको पुनःनिर्माणका लागि थप सहयोग गर्ने घोषणा गरेको छ ।
विश्व बैंकका कार्यकारी निर्देशक एन्डिन हडियान्तोले ग्रामीण क्षेत्रमा प्राविधिक जनशक्तिको अभाव, पुनःनिर्माणपछि जनताको जीविकोपार्जन तथा आर्थिक समृद्धिमा सीप विकास र क्षमता बिस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपालका भ्रमणमा रहेका हडियान्तोले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलसँगको छलफलपछि भूकम्पपछिको पुनःनिर्माणमा भइरहेको सहयोगलाई थप प्रभावकारी बनाउने बताए।
उनले पुनःनिर्माणमा देखिएका चुनौतीबारे जिज्ञासा राख्दै विश्व बैंकको सहयोगमा सञ्चालित विभिन्न परियोजनालाई सफल बनाउन सरकारी संयन्त्रबीच थप समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिए।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा पोखरेलले पुनःनिर्माणमा देखिएका चुनौतीलाई सामना गर्न विकास साझेदार संस्थाको महत्वपूर्ण भूमिका हुने बताउँदै भूकम्पले भत्किएका निजी आवास, शैक्षिक संस्था र स्वास्थ्य सेवासँग सम्बन्धित संरचनालाई प्राथमिकता दिएर काम गरिरहेको जानकारी दिए।
Comments
अरु समाचार
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











