विद्यालय पुनःनिर्माणमा जुटे पूर्व शिक्षक विद्यार्थी
दोलखा, २ चैत । मुलुकमा प्रजातन्त्र आउनुभन्दा अघि खुलेको सुस्पा क्षमावती उच्च माध्यामिक विद्यालयको भूकम्पपछिको पुनःनिर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ ।
विसं २००५ मा स्थापना भएको उक्त विद्यालय भवन भूकम्पका कारण पूर्णरुपमा क्षति भएको थियो । अहिले भवन र छात्रावास पुनःनिर्माण कार्य भइरहेको छ । सो विद्यालयका पूर्व शिक्षक र विद्यार्थी समाजको संयुक्त भेलाले पुनःनिर्माण कार्य अगाडी बढाउने निर्णय गरेको हो ।
शनिबार जिल्ला शिक्षा अधिकारी नारायणकाजी काशिछवाले पुनःनिर्माण कार्यअन्तर्गत सो विद्यालयको आठ कोठे भवन निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले विद्यालयको शैक्षिक गतिविधि निरन्तर रुपमा बढाउनुपर्नेमा जोड दिनुभयो ।
शैक्षिक सुधारका लागि विद्यालयहरुबीच अन्तक्र्रिया गराउने थालनी समेत गरेको शिक्षा अधिकारी काशिछवाले बताउनुभयो । “शिक्षकलाई विषय बस्तुको मात्र ज्ञान भएर हुँदैन, बालबालिकाको चाहना र स्तर बुझेर मात्र बढाउनुपर्छ, पढाएको विधि कुन–कुन हो ? पस्किन जान्नुप¥यो र बच्चाको मनोभावना बुझेर पढाउनुप¥यो,” उहाँले सुझाव दिनुभयो ।
गौरीशङ्कर बहुमुखी क्याम्पसका अध्यक्ष राजेन्द्र मानन्धरले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न र भूकम्पपछिको पुनःनिर्माणमा पूर्व शिक्षक विद्यार्थीको नमुना विद्यालय बनाउने कार्य उल्लेखनीय रहेको बताउनुभयो । सो अवसरमा विद्यालयको पुनःनिर्माणका लागि वरिष्ठ इन्जिनियर महेन्द्रबहादुर कार्कीले सहयोग गर्नुभएको रु पाँचलाख सो विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।
समाजका सल्लाहकार माधव खकुरेल र द्वन्द्व विश्लेषक डा विष्णु उप्रेतीले उक्त विद्यालयको शैक्षिक र भौतिक निर्माणका लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । समाजका अध्यक्ष मिलन तुलाधरले विद्यालयको मूल भवन निर्माण, छात्रावास निर्माणमा आफूहरु क्रियाशील रहेको र शैक्षिकस्तर वृद्धि गर्न शिक्षक, विद्याथी र अभिभावकलाई क्रियाशील हुन आग्रह गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक मुकुन्दराज शिवाकोटीले विद्यालयकको शैक्षिक गुणस्तर वृद्धि गर्न र भौतिक निर्माणका कार्यलाई तीव्ररुपमा अगाडि बढाइरहेको जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तसिंह थामीले विद्यालयको उन्नति, प्रगति र भौतिक पूर्वाधार निर्माणका लागि निरन्तर प्रयास गरिहेको बताउनुभयो ।
सो अवसरमा अध्यक्ष तुलाधारले विद्यार्थीलाई गीतसङ्गीतमा प्रोत्साहन गर्ने उद्देश्यले अजिता तुलाधरको तर्फबाट रु १० हजार प्रदान गर्नुभयो । भेलामा सहभागिले शिक्षाको स्तर बढाउन चौतर्फी प्रयाश जारी राख्नुपर्ने, शिक्षकले ध्यान दिएर पढाउनुपर्ने र विद्यार्थीले पनि लगनशील भएर पढनुपर्नेमा जोड दिएका थिए ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












