विद्यालय पुनःनिर्माणमा जुटे पूर्व शिक्षक विद्यार्थी
दोलखा, २ चैत । मुलुकमा प्रजातन्त्र आउनुभन्दा अघि खुलेको सुस्पा क्षमावती उच्च माध्यामिक विद्यालयको भूकम्पपछिको पुनःनिर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ ।
विसं २००५ मा स्थापना भएको उक्त विद्यालय भवन भूकम्पका कारण पूर्णरुपमा क्षति भएको थियो । अहिले भवन र छात्रावास पुनःनिर्माण कार्य भइरहेको छ । सो विद्यालयका पूर्व शिक्षक र विद्यार्थी समाजको संयुक्त भेलाले पुनःनिर्माण कार्य अगाडी बढाउने निर्णय गरेको हो ।
शनिबार जिल्ला शिक्षा अधिकारी नारायणकाजी काशिछवाले पुनःनिर्माण कार्यअन्तर्गत सो विद्यालयको आठ कोठे भवन निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले विद्यालयको शैक्षिक गतिविधि निरन्तर रुपमा बढाउनुपर्नेमा जोड दिनुभयो ।
शैक्षिक सुधारका लागि विद्यालयहरुबीच अन्तक्र्रिया गराउने थालनी समेत गरेको शिक्षा अधिकारी काशिछवाले बताउनुभयो । “शिक्षकलाई विषय बस्तुको मात्र ज्ञान भएर हुँदैन, बालबालिकाको चाहना र स्तर बुझेर मात्र बढाउनुपर्छ, पढाएको विधि कुन–कुन हो ? पस्किन जान्नुप¥यो र बच्चाको मनोभावना बुझेर पढाउनुप¥यो,” उहाँले सुझाव दिनुभयो ।
गौरीशङ्कर बहुमुखी क्याम्पसका अध्यक्ष राजेन्द्र मानन्धरले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न र भूकम्पपछिको पुनःनिर्माणमा पूर्व शिक्षक विद्यार्थीको नमुना विद्यालय बनाउने कार्य उल्लेखनीय रहेको बताउनुभयो । सो अवसरमा विद्यालयको पुनःनिर्माणका लागि वरिष्ठ इन्जिनियर महेन्द्रबहादुर कार्कीले सहयोग गर्नुभएको रु पाँचलाख सो विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।
समाजका सल्लाहकार माधव खकुरेल र द्वन्द्व विश्लेषक डा विष्णु उप्रेतीले उक्त विद्यालयको शैक्षिक र भौतिक निर्माणका लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । समाजका अध्यक्ष मिलन तुलाधरले विद्यालयको मूल भवन निर्माण, छात्रावास निर्माणमा आफूहरु क्रियाशील रहेको र शैक्षिकस्तर वृद्धि गर्न शिक्षक, विद्याथी र अभिभावकलाई क्रियाशील हुन आग्रह गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक मुकुन्दराज शिवाकोटीले विद्यालयकको शैक्षिक गुणस्तर वृद्धि गर्न र भौतिक निर्माणका कार्यलाई तीव्ररुपमा अगाडि बढाइरहेको जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तसिंह थामीले विद्यालयको उन्नति, प्रगति र भौतिक पूर्वाधार निर्माणका लागि निरन्तर प्रयास गरिहेको बताउनुभयो ।
सो अवसरमा अध्यक्ष तुलाधारले विद्यार्थीलाई गीतसङ्गीतमा प्रोत्साहन गर्ने उद्देश्यले अजिता तुलाधरको तर्फबाट रु १० हजार प्रदान गर्नुभयो । भेलामा सहभागिले शिक्षाको स्तर बढाउन चौतर्फी प्रयाश जारी राख्नुपर्ने, शिक्षकले ध्यान दिएर पढाउनुपर्ने र विद्यार्थीले पनि लगनशील भएर पढनुपर्नेमा जोड दिएका थिए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












