प्रभु इन्स्योरेन्सको चैत ३० बाट हकप्रद
काठमाडौ । प्रभु इन्स्योरेन्स कम्पनीले चैत ३० देखि जेठ २ गतेसम्म २ बराबर १ अनुपातमा हकप्रद जारी गर्ने भएको छ ।
यो हकप्रद प्रभु बैंकको बिभिन्न शाखा कार्यालय र प्रभु क्यापिटल कमलादीबाट आवेदन दिन सकिने छ । यो हकप्रद जारीपछि बैंकको चुक्ता पुँजी ५७ करोड ७५ लाख रुपैयाँ पुग्ने छ । कम्पनीले प्रकाशित आवहान पत्रमा भने आव २०७५/७६ सम्ममा चुक्ता पुँजी ७२ करोड रुपैयाँ पुग्ने उल्लेख गरेको छ । यस आधारमा हेर्दा लगानीकर्ताले हकप्रद जारी पछिको पहिलो वर्ष करिब १० प्रतिशत र दोस्रो वर्ष करीब १३.४० प्रतिशत बोनस वा हकप्रद प्राप्त गर्ने छन् ।
त्यस्तै प्रभु इन्स्योरेन्सको शाखा नयाँ सडकमा, आगामी आव अन्त्यमा चुक्ता पुँजी १ अर्ब पुर्याउनेलक्ष्य राखेको छ ।
कम्पनीको प्रकाशित तेस्रो त्रेमाशको वित्तीय विवरण अनुसार २ करोड ९२ लाख रहेको छ । खुद बीमा शुल्क आर्जन २२ करोड २५ लाख रहेको छ । यो अवधिमा प्रतिसेयर नेटवर्थ १ सय ९२ रुपैयाँ, प्रतिसेयर आम्दानी १५ रुपैयाँ रहेको छ ।
कम्पनीको हालको वित्तीय अवस्था र भविष्यको सम्भावना लगायत समष्ठिगत आधार हेरेर रेटिङ कम्पनी इक्रा नेपालले यो हकप्रदलाई ग्रेड फोर प्लस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको अवस्था आधारभुत पक्षभन्दा कमजोर हरेको संकेत गर्छ ।
यस्तो छ सकारात्मक पक्ष
प्रभु समूह सम्बद्धको लगानी (३९ प्रतिशत)
बलियो संस्थागत संस्थापक (नागरिक लगानी कोषको १५ प्रतिशत सेयर स्वामित्व)
प्रत्याभुती क्षमतामा वृद्धि (आफ्नो दायित्व दर÷रिटेनशन रेट ५७ प्रतिशत,यो क्षमता समग्र क्षेत्रकोभन्दा बढि)
मोटर बीमामा रिटेनशन रेट बढि
कमिशन खर्चमा कमि
नेटवर्थमा प्रतिफल वृद्धि (हाल २१ प्रतिशत)
प्रिमियम शुल्कबाट हुने खुद आम्दानीमा वृद्धि
पुनरबीमा कमिशनबाट हुने आयमा सुधार
नकारात्मक पक्ष पनि हेर्नुहोस्
व्यवसायमा मध्यम वृद्धि ग्रस प्रिमियम रिर्टन (प्रतिशतले वृद्धि)
कमजोर प्रतिस्पर्धी क्षमता
संस्थागत ग्राहकमा बढि भर
भुकम्पपछिको क्षतीमा पुनर बीमा कम्पनी मार्फत् राम्रो व्यवस्थापन तर भुक्तानीमा ढिलाईले भने भविष्यमा यस्तै समस्या आएमा के हुने दुविधा
कम्पनीले गरेको लगानीको प्रतिलब्धिदर (प्रतिफल)मा गिरावट
मध्यमस्तरको खेलाडी (तीन वर्षयता बजार हिस्सा ५ प्रतिशत)
नाफाको वृद्धिदरमा सुस्ति
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












