भारतीय सेना छोडेर कुखुरापालनमा रमाए पुन
काठमाडौं । आजभोलि हामीहरुलाई देशमा हैन बिदेशमा बसेर पैसा कमाउने र रमाइलो गर्ने रहरले गाँजेको छ । दैनिक नेपाली करिव २ हजारको संख्यामा खाडी मुलुकदेखि अन्य देशमा रोजगारी वा अन्य कारण देखाउँदै जाने गरिरहेका छन् । देशमा सरकारले सार्वजनिक गर्ने बजेटकै हाराहारीमा ‘रेमिटेन्स’ पनि भित्रने गरेको छ ।
बिदेशको यस्तो मोहबीच एक जना व्यक्ति भने भारतीय सेनाको जागिर छोडेर इराकदेखि हङकङसम्म पुगे । तर, उनी त्यहाँ रमाउन सकेनन् र फर्किए स्वदेश । अहिले ती व्यक्ति ५३ वर्ष पुगे र पनि व्यवसायमा सक्रिय उनी बिदेशमा बसेर कमाउनु भन्दा देशमै केही गर्ने भनेर फर्किएका छन् । उनी हुन् दलु पुन ।

पुन हाल काठमाडौंको स्युचाटारमा बस्छन् । पुनका एक छोराले स्नातक उतीर्ण गरिसकेका छन् भने एक छोरा र एक छोरी बैदेशिक रोजगारीका लागि दुवै मुलुक पुगेका छन् ।
उनी७ वर्षदेखि कुखुरा फारम सञ्चालन गर्दै आइरहेका छन् । ‘पहिला म इन्डियन आर्मी थिएँ, जागिर छोडेर हङकङ गएँ, इराकलगाएतका देशहरुपनि गए ।’ उनले भने ।
उनी कति विदेशमै बस्ने नेपालमै गएर केही व्यवसाय गर्नुपछर्, भन्ने लागेर नेपाल फर्किएको बताउँछन् । ‘कता र कुन पेशा रोजौं भन्ने भइरहेको बेला म चितवनमा थिएँ, त्यो बेला त्यहाँ मेरा मित्रहरुले मलाई यो गर राम्रो छ, भन्ने सल्लाह दिएपछि म यो पेशामा लागें ।’ उनले न्युज–नेपालसँग भने ।

सुरुमा उनले कुखुरा फारम सुरु गर्दा कुखुरालाई खुवाउने दाना, औषधिलगाएतका खर्चमै १२ लाख जति लगानी भएको उनले विगत संझिए । ‘एक हजार कुखुराका चल्ला राखेर मैले सुरुमा फारमखोलेको थिए, अहिले मेरो फारममा५ हजार कुखुरा छन् ।’ उनी भन्छन्, ‘चल्ला त म बालाजुबाट ल्याउँछु । फाइदा त हुन्छ तर महिना/महिनामा अरु पेशा जस्तो पैसा आइहाल्दैन, कुखुराका ‘अण्डा’ बेचेर पैसा हात लाग्न ५ महिना कुर्नुपर्छ ।’
त्यसपछि भने मनग्गे फाइदा हुने उनको भनाइ छ । पुनले सञ्चालन गरेको फारमबाट कुखुराको मासु बिक्री हुन्न । उनले कुखुरापालन मासुका लागि होइन, अण्डा बिक्री गर्न सुरु गरेका हुन् । उनको फारमबाट एक ‘लट’ मा १२ देखि १५ लाख रुपैयाँ फाइदा हुने उनले सगौरव सुनाए । उनले भने, ‘म बिदेशमा बसेर महिनामा बढीमा १ लाख कमाउथें, यहाँ ५ महिनामै १५ लाख रुपैयाँसम्म कमाउने भएँ ।’
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












