मुसहर बस्ती बनाउने रकम पुगेको धुर्मुस–सुन्तलीको घोषणा
काठमाडौं । महोत्तरीको बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती निर्माणमा जुटेको धुर्मुस सुन्तली फाउण्डेशनलाई १ करोड सहयोग आएको छ । बस्ती हस्तान्तरण् गर्न १० दिन बाँकी रहँदा अमेरिकाको मिनेसोटा राज्यमा रहेको नेपालीहरुको एक संस्थाले २ करोड १० लाख रुपैयाँ सहयोग गरेको हो ।
धुर्मुस सुन्तलीको बस्ती निर्माणका लागि रकम अभाव भन्ने समाचार सुनेपछि आर्थिक अभाव नहोस् भन्दै एसोसिएसन अफ नेपाली ईन मिनेसोटाले सहयोग गरेको हो । एसोसिएसनका बोर्ड मेम्वर अनिल रायमाझि र स्विटी सिंह श्रेष्ठले वस्ती निर्माण स्थलमै पुगेर फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल’धुर्मुस’ लाई रकम हस्तान्तरण गरे ।
रायमाझीले फाउण्डेशनलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । धुर्मुस सुन्तलीको कामलाई आफूहरुले पहिलेदेखि नै हेरिरहेको भन्दै उनले भने, ‘उहाँहरु जस्तो मान्छेलाई सहयोग दिन पाउँदा हामी निकै खुसी छौं ।’
संस्थाले फाउण्डेशनलाई दिएको सहयोगमा अनुमानित २५ लाख बरावरको १९ सय जस्तापाता भने गोरखाको कुसुण्डे भन्ने ठाँउलाई दिनुपर्ने बताएको छ ।
सहयोग बुझेपछि फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल’धुर्मुस’ ले परियोजना सक्किन १० दिन बाँकी हुँदा आएको रकमले हौसला मिलेको बताए । उनले भने ‘ढुक्कले बस्ती हस्तान्तरण गर्न सक्ने भएका छौं, सहयोगका लागि धन्यवाद दिन चाहान्छौं ।’
बस्ती निर्माणका लागि आर्थिक तथा श्रम सहयोग गर्ने सहयोगीलाई धन्यवाद दिँदै कट्टेलले बस्ती निर्माणका लागि राखेको अनुमानित रकम पुरा भएको घोषणा गरे । ५० वटा घर बनाउने भनिएपनि अहिले ५३ वटा घर बनेको भन्दै उनले बैशाख १ गते बस्ती हस्तान्तरण समारोहमा उपस्थितीको लागि समेत आग्रह गरेका छन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












