नेपाल वायु सेवा निगमको पुरानो बोइङ विक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ‘नेपाल एयरलाइन्स’ले पुरानो बोइङ बी सेभेन फाइभ सेभेन–दु हन्ड्रेड नाइन एन–एसिए जहाज बिक्री गर्नका लागि ‘ग्लोबल टेन्डर’ आह्वान गरेको छ । नियमित मर्मतसम्भारको खर्चले उडानमा लागत बढी हुने भएपछि निगमले बोइङ बिक्री गर्न लागेको हो ।
पुरानो जहाजले तेल बढी खाने र पटक पटक मर्मत गर्नुपर्ने भएकाले बिक्री गर्न लागिएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार निगमले झन्डै ३० वर्षअघि पहिलो पल्ट भित्र्याएका दुई ठूला बोइङमध्ये यो पहिलो जहाज हो । अर्को बोइङ नाइन एन–एसिबी भने अहिले नियमित सञ्चालनमा छ । निगम सञ्चालक समिति बैठकले बोइङ बिक्री गर्ने निर्णय गरी मूल्यसमेत निर्धारण गरेर टेन्डर आह्वान गरेको हो ।
उक्त जहाजको मूल्य न्यूनतम १७ लाख मिलियन अमेरिकी डलर निर्धारण गरिएको छ । नयाँ खरिद गर्दा करिब ४० लाख मिलियन डलर पर्ने बताइन्छ । अन्तर्रा्ष्ट्रिय उडानका लागि निगमले अहिले एक बोइङ ७५७–२०० र दुई एयरबस ३२०–२०० सिरिजका न्यारो बडी जहाजमार्फत आठ गन्तव्यमा उडान भरिरहेको छ ।
निगमले केही दिनअघि दुई वाइडबडी ए ३३०–२०० विमान खरिदका लागि अमेरिकी कम्पनी एएआरसँग सम्झौता गरेको थियो । आन्तरिक उडानमा दुई ट्विनेटर जहाजले २० भन्दा बढी गन्तव्यमा नियमित उडान भर्दै आएका छन् । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












