तरकारी खेतीको कमाइले रु ६० लाखको घडेरी
फलेवास (पर्वत), ९ वैशाख । यहाँका एक युवाले तरकारीखेती र पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।
पर्वतको जलजला गाउँपालिकास्थित साविक नाङलिवाङ– ९ फर्सेका राजन सापकोटाले गाउँमै सुरु गरेको तरकारीखेती र पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएको हो ।
उनले व्यक्तिगत रुपमा सापकोटा पशुपालन तथा कृषि फर्म र तीन जना मिलेर धौलागिरि व्यावसायिक कृषि तथा पशुपालन फर्म सञ्चालनमा ल्याएपछि मासिक रु. एक लाखभन्दा बढीको आम्दानी गर्न थालेका छन् ।
यो व्यवसायबाट भएको आम्दानीले बागलुङ बजारमा करिब रु ६० लाख मूल्य पर्ने घडेरी समेत किनिसक्नुभएका सापकोटा एसएलसीसम्मको शिक्षा प्राप्त गर्नुभएको छ । ‘पढेलेखेका साथी यहाँ रोजगारी नपाएर विदेसिएका छन्,’ उहाँले भन्नुभयो, ‘मैले सबै खर्च कटाएर मासिक रु. एक लाखसम्म कमाउँछु ।’ यसैको आम्दानीले छोराछोरीलाई सुविधा सम्पन्न स्तरीय निजी विद्यालयमा पढाउने गरेको सापकोटाले बताउनुभयो ।
‘आफूले छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिएको छु,’ उहाँले भन्नुभयो, ‘धेरै नपढेकोमा पनि कुनै पछुतो छैन ।’ व्यक्तिगत फर्ममा करिब रु ३० लाख र सामूहिकमा रु २५ लाख लगानी गरेको उहाँ बताउनुहुन्छ । १३ रोपनीमा व्यक्तिगत फर्म र १८ रोपनीमा सामूहिक फर्ममा सेयर लगानी गरेका सापकोटाले सिमी, काँक्रा, भेन्टा, खुर्सानी, बन्दा, बोडीलगायत विभिन्न मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका छन् ।
उहाँले मौसमी भन्दा बेमौसमी तरकारी बढी फलाउने गरेका छन् । ‘बेमौसममा उत्पादन गर्दा धेरै मूल्य पाइन्छ,’ उहाँले भन्नुभयो, ‘सकेसम्म बेमौसमी तरकारी उत्पादन गर्छु ।’ यहाँ उत्पादन गरेको तरकारी बागलुङ, कुश्मा, बेनी, मुस्ताङ, पोखराको बजारमा बिक्री हुने गरेको छ । सापकोटाले उत्पादन गरेको तरकारी लैजान व्यापारी फर्ममै आउने गरेका छन् ।
‘हामी जस्ता किसानलाई खाली जग्गा उपलब्ध गराए हुन्थ्यो,’ सापकोटाले भन्नुभयो– ‘सरकारले किसानका समस्यालाई प्राथमिकतामा नराख्नाले अपेक्षित उपलब्धि हुनसकेन ।’
नेपालमा उत्पादन गरेको तरकारी विदेश निर्यात गर्न सरकारी पहल हुनुपर्ने सापकोटाको भनाई छ । ‘यहाँ बिक्री नभए विदेश निर्यात गर्न सक्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘बिक्री हुनेमा ढुक्क भए उत्पादन बढाउन सकिन्छ ।’
सापकोटालाई जिल्ला कृषि र व्यावसायिक कृषि आयोजनाले सघाएको छ । करिब रु १० लाख अनुदान सहयोग उपलब्ध गराएको आयोजना प्रमुख गोविन्दप्रसाद शर्माले बताउनुभयो ।
सापकोटाले गरेको मेहनत निकै प्रशंसनीय रहेको जिल्ला कृषि विकास कार्यालय, पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताउनुभयो । ‘व्यावसायिक तरकारी खेती र पशुपालन गर्ने सापकोटा जिल्लाकै नमुना किसान हुन,’ रेग्मीले भन्नुभयो, “सापकोटाले कृषिको सम्भावनालई राम्रोसँग उजागर गरेका छन् ।”
नमुना फर्म भएकाले विभिन्न ठाउँबाट किसान हेर्न आउने गरेका छन् । आउने किसानलाई प्रविधि र सीप सिकाउने गरेको अर्का किसान टीकाराम सापकोटाले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...













