गोरखा पनि लोडसेडिङमुक्त
गोरखा, १० वैशाख । ट्रान्सफर्मरको क्षमता आवश्यकभन्दा कम हुँदा विगत पाँच वर्षदेखि अनियमित विद्युत्भार कटौतीको मार खेप्दै आएका गोरखावासीले प्राविधिक कारणबाहेक अब चौबिसै घन्टा बिजुलीको प्रयोग गर्न पाउने भएका छन् ।
मागअनुसार विद्युत् वितरण गर्न नसकिएपछि गोरखा सदरमुकामस्थित विद्युत् सबस्टेसनमा महेन्द्रज्योति, नयाँबजार र खोप्लाङमा फिडर बनाएर आलोपालो विद्युत् वितरण गरिँदै आएको थियो । ट्रान्सफर्मरको क्षमता अभिवृद्धि गरी सञ्चालनमा ल्याएपछि नयाँ वर्षदेखि नै गोरखा विद्युत्भार कटौतीमुक्त जिल्ला भएको हो ।
जिल्लाभर केन्द्रीय प्रसारण पुगेका क्षेत्रमा करिब २० हजार पोलमध्ये १५ हजार काठका पोल गाडिएका छन् । ती पोल धमिला लागेका, घाम, पानीले मक्किएकाले विद्युत् रोयल्टीमार्फत आएको रु छ करोडबाट फलामे पोल खरिद गरी काठका पोल परिवर्तन गर्न थालिएको छ ।
नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख अमृतबाबु अधिकारीका अनुसार सबस्टेसनबाट विद्युत् वितरण गरिएका जिल्लाका सबै क्षेत्रमा विद्युत्भार कटौती गरिएको हो । हालै सबस्टेसनमा छ मेगाभोल्ट एम्पायर क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ । “प्राविधिक समस्या नआएका बेला विद्युत् कटौति गर्न पर्दैन”, अधिकारीले भन्नुभयो, “मागअनुसार विद्युत् वितरण गर्न सक्छौँ ।” यसअघि गोरखामा बिहान, बेलुकी गरी दिनहुँ चार घन्टा विद्युत्भार कटौती थियो ।
गोरखामा यिमित विद्युत् उपलब्ध गराउन मुच्चोकमा हालै निर्माण भएको दरौँदी ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सहयोगी बन्यो । ‘रन अफ द रिभर’ प्रकृतिको आयोजनाबाट छ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । कालिका हाइड्रोपावर कम्पनीले करिब रु एक अर्ब २० करोड लगानीमा बनाएको उक्त आयोजनाबाट उत्पादित विद्युत् गत पुसदेखि सबस्टेसनमा जडान गरी वितरण गरिँदै आइएको छ ।
गोरखा र पालुङटार नगरपालिकासहित नौ गाउँपालिकाका अधिकांश ठाउँमा केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेको छ । उत्तरी भेगका १५ बढी गाविसवासीले लघुजलविद्युत्बाट उत्पादित विद्युत प्रयोग गर्दै आएपनि भूकम्पले क्षति पु¥याएका केही आयोजना बजेट अभावले मर्मत हुन सकेका छैनन् । विद्युत् प्रयोग गर्दै आएका उपभोक्ताले विकल्पमा सोलार ऊर्जाको प्रयोग गरेका छन् । मुच्चोक, सिम्जुङ, सौरपानी, हंसपुरलगायत गाउँमा अझै केन्द्रीय प्रसारण लाइन पुगेको छैन ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












