सुन आयात गर्न पाउनुपर्ने व्यवसायीको माग
काठमाडौँ, १५ वैशाख । नेपाल रत्न तथा आभूषण सङ्घले वर्तमान प्रतिस्पर्धात्मक युगमा वाणिज्य बैंकहरुले मात्र सुन आयात गर्न पाउने व्यवस्थाले आफूहरुलाई मर्का परेको भन्दै नेपाल राष्ट्र बैंकले तोकेको सीमामध्ये ५० प्रतिशत सुन आयातको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
सङ्घको तेह्रौँ साधारण सभाबाट निर्वाचित नयाँ कार्यसमितिले बिहीबार साँझ यहाँ पत्रकारसम्मेलन गरेर त्यस्तो माग गरेको हो ।
नेपालमा निर्मित मौलिक एवम् कलात्मक गरगहना, बेलायत, अमेरिका, अस्ट्रेलियालगायत मुलुकमा निर्यात हुने गरेको जनाउँदै सङ्घका अध्यक्ष ज्योत्स्यना श्रेष्ठले कालिगढको पर्याप्त उपलब्धता नहुँदा आफूहरुलाई व्यवसाय सञ्चालन गर्न कठिन भएको बताउनुभयो ।
झन्डै रु पाँच करोडको गहगहना निर्यात हुँदै आएको जानकारी दिँदै उहाँले सरकारीस्तरबाट सहयोग भएमा निर्यातको प्रशस्त सम्भावना रहेकाले सङ्घका जायज माग सम्बोधन गर्न आग्रह गर्नुभयो ।
वैदेशिक रोजगारीमा जाने बढ्दोक्रमले स्वदेशी कालिगढबाट सेवा लिन कठिन भएको वास्तविकता औँल्याउँदै उहाँले रोजगारीका प्रशस्त अवसर स्वदेशमै सिर्जना गर्न सकिने बताउनुभयो ।
सो सङ्घको १८ सदस्यीय नवनिर्वाचित पदाधिकारीमा सुमनमान ताम्राकार प्रथम उपाध्यक्ष, नरेन्द्रकुमार गुप्ता द्वितीय उपाध्यक्ष, शक्तिकुमार बेगानी महासचिव, जयकुमार पाण्डे सचिव र ऋषि ठाकुर कोषाध्यक्ष हुनुहुन्छ । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...













