हिमाल र सूर्योदय हेर्न पञ्चासे आउने पर्यटक बढ्दै
फलेवास (पर्वत), १५ वैशाख । कास्की, स्याङ्जा र पर्वतको सङ्गममा पर्ने प्रसिद्ध पञ्चासे क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा बृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा मौसम सफा भएपछि हिमाल हेर्न आउने पर्यटकको दैनिकरुपमा भीड लाग्ने गरेको हो । दैनिक सयौँको सङ्ख्यामा पञ्चासेमा पर्यटक आउने गरेका छन् ।
“यतिवेला मौसम सफा छ,” पञ्चासे क्षेत्र विकास समितिका अध्यक्ष गोपाल गुरुङले भन्नुभयो, “त्यही भएर बिहानदेखि बेलुकासम्मै हिमाल हेर्नेको भीड लाग्ने गरेको छ ।” जाडो मौसम सकिएलगत्तै घुम्न आउने पर्यटकको सङ्ख्या बढेर गएको स्थानीयवासीले जानकारी दिएका छन् । गुरुङका अनुसार भ्यू टावरमा दूरबिनसमेत राखिएकाले आगन्तुकले दूरबिनमार्फत हिमाल हेरी आनन्द लिने गरेका छन् ।
वरिपरिको तुवाँलो हटेकाले धौलागिरि, गण्डकी र लुम्बिनी अञ्चलका जिल्ला सदरमुकामसमेत एकसाथ देखिने गरेको छ । यहाँबाट माछापुछ्रे्र, धौलागिरि, अन्नपूर्णलगायत हिमशृङ्खला एकसाथ देखिने भएकाले हिमाल हेर्न आउनेको भीड लागेको हो । दैनिक एकसयदेखि चारसयसम्म पर्यटक घुम्न आउने गरेको पञ्चासे क्षेत्र विकास समितिले जनाएको छ । आन्तरिकसँगै बाह्य पर्यटक परिवारका साथ घुम्न आउने गरेका छन् ।
केही बिहान आएर बेलुका फर्कने र केही भने पञ्चासेमै पाल टाँगी बस्ने गरेका छन् । घुम्न आउनेमा युवायुवतीको सङ्ख्या बढी छ । “दुई वर्षअघि आउंँदा यसरी पञ्चासेको सौन्दर्यमा रम्न पाइएको थिएन,” पोखराबाट साथीसँग पञ्चासे आएका प्रवीण गुरुङले भन्नुभयो, “यो पटक त वास्तविक पञ्चासेको सौन्दर्यमा रम्न पाइयो ।” उहाँले फोटो पनि धेरै खिच्न पाएको बताउनुभयो ।
पञ्चासेबाट आसपासको दृश्य सहजरुपमा हेर्न मिल्ने गरी तुवाँलो हटेपछि शैक्षिक भ्रमणमा आउनेको सङ्ख्यासमेत बढेको छ । पर्वत, स्याङ्जा, पोखरा, चितवन, काठमाडौँलगायत जिल्लादेखि शैक्षिक भ्रमणमा विद्यार्थी, शिक्षक आउने गरेका छन् । दुईहजार पाँचसय १७ मिटरको उचाइमा रहेको पञ्चासेमा पर्याप्त होटल र पसल नहुँदा भने घुम्न आउने पर्यटकले समस्या झेल्ने गरेका छन् ।
अघिल्लो वर्षको तुलनामा घुम्न आउनेको सङ्ख्या झन्डै दोब्बरले वृद्धि भएको छ । बासस्थानका लागि आगन्तुकलाई समस्या भएकाले सामुदायिक भवन बनाएर बस्ने व्यवस्था मिलाइएको पञ्चासे क्षेत्र विकास समितिले जानकारी दियो । अधिकांश पर्यटक कास्कीको भदौरे तामागी, पर्वतको चित्रे, आर्थर र स्याङ्जा हुँदै पञ्चासेसम्म पुग्ने गर्छन् । यातायातका साधन नपुग्दा पर्यटक पैदल यात्रामार्फत पञ्चासे पुग्ने गरेका छन् ।
पर्यटकलाई लक्षित गरी पर्याप्तरुपमा होटल सञ्चालनमा ल्याउने हो भने अवश्य पनि पर्यटकको सङ्ख्या अझै बढ्ने भएकाले स्थानीयवासी सक्रिय बन्न थालेका छन् । साँझमा चित्रे र आर्थरमा रहेका होमस्टेमा बास बस्न जाने र बिहानै उठेर पञ्चासेमा सूर्योदय र हिमशृङ्खलाको दृश्य हेर्न जानेको सङ्ख्या उल्लेख्य हुने गरेको चित्रे होमस्टे सञ्चालक समितिका अध्यक्ष सुशीलादेवी गुरुङले जानकारी दिनुभयो ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












