हिमाल र सूर्योदय हेर्न पञ्चासे आउने पर्यटक बढ्दै
फलेवास (पर्वत), १५ वैशाख । कास्की, स्याङ्जा र पर्वतको सङ्गममा पर्ने प्रसिद्ध पञ्चासे क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा बृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा मौसम सफा भएपछि हिमाल हेर्न आउने पर्यटकको दैनिकरुपमा भीड लाग्ने गरेको हो । दैनिक सयौँको सङ्ख्यामा पञ्चासेमा पर्यटक आउने गरेका छन् ।
“यतिवेला मौसम सफा छ,” पञ्चासे क्षेत्र विकास समितिका अध्यक्ष गोपाल गुरुङले भन्नुभयो, “त्यही भएर बिहानदेखि बेलुकासम्मै हिमाल हेर्नेको भीड लाग्ने गरेको छ ।” जाडो मौसम सकिएलगत्तै घुम्न आउने पर्यटकको सङ्ख्या बढेर गएको स्थानीयवासीले जानकारी दिएका छन् । गुरुङका अनुसार भ्यू टावरमा दूरबिनसमेत राखिएकाले आगन्तुकले दूरबिनमार्फत हिमाल हेरी आनन्द लिने गरेका छन् ।
वरिपरिको तुवाँलो हटेकाले धौलागिरि, गण्डकी र लुम्बिनी अञ्चलका जिल्ला सदरमुकामसमेत एकसाथ देखिने गरेको छ । यहाँबाट माछापुछ्रे्र, धौलागिरि, अन्नपूर्णलगायत हिमशृङ्खला एकसाथ देखिने भएकाले हिमाल हेर्न आउनेको भीड लागेको हो । दैनिक एकसयदेखि चारसयसम्म पर्यटक घुम्न आउने गरेको पञ्चासे क्षेत्र विकास समितिले जनाएको छ । आन्तरिकसँगै बाह्य पर्यटक परिवारका साथ घुम्न आउने गरेका छन् ।
केही बिहान आएर बेलुका फर्कने र केही भने पञ्चासेमै पाल टाँगी बस्ने गरेका छन् । घुम्न आउनेमा युवायुवतीको सङ्ख्या बढी छ । “दुई वर्षअघि आउंँदा यसरी पञ्चासेको सौन्दर्यमा रम्न पाइएको थिएन,” पोखराबाट साथीसँग पञ्चासे आएका प्रवीण गुरुङले भन्नुभयो, “यो पटक त वास्तविक पञ्चासेको सौन्दर्यमा रम्न पाइयो ।” उहाँले फोटो पनि धेरै खिच्न पाएको बताउनुभयो ।
पञ्चासेबाट आसपासको दृश्य सहजरुपमा हेर्न मिल्ने गरी तुवाँलो हटेपछि शैक्षिक भ्रमणमा आउनेको सङ्ख्यासमेत बढेको छ । पर्वत, स्याङ्जा, पोखरा, चितवन, काठमाडौँलगायत जिल्लादेखि शैक्षिक भ्रमणमा विद्यार्थी, शिक्षक आउने गरेका छन् । दुईहजार पाँचसय १७ मिटरको उचाइमा रहेको पञ्चासेमा पर्याप्त होटल र पसल नहुँदा भने घुम्न आउने पर्यटकले समस्या झेल्ने गरेका छन् ।
अघिल्लो वर्षको तुलनामा घुम्न आउनेको सङ्ख्या झन्डै दोब्बरले वृद्धि भएको छ । बासस्थानका लागि आगन्तुकलाई समस्या भएकाले सामुदायिक भवन बनाएर बस्ने व्यवस्था मिलाइएको पञ्चासे क्षेत्र विकास समितिले जानकारी दियो । अधिकांश पर्यटक कास्कीको भदौरे तामागी, पर्वतको चित्रे, आर्थर र स्याङ्जा हुँदै पञ्चासेसम्म पुग्ने गर्छन् । यातायातका साधन नपुग्दा पर्यटक पैदल यात्रामार्फत पञ्चासे पुग्ने गरेका छन् ।
पर्यटकलाई लक्षित गरी पर्याप्तरुपमा होटल सञ्चालनमा ल्याउने हो भने अवश्य पनि पर्यटकको सङ्ख्या अझै बढ्ने भएकाले स्थानीयवासी सक्रिय बन्न थालेका छन् । साँझमा चित्रे र आर्थरमा रहेका होमस्टेमा बास बस्न जाने र बिहानै उठेर पञ्चासेमा सूर्योदय र हिमशृङ्खलाको दृश्य हेर्न जानेको सङ्ख्या उल्लेख्य हुने गरेको चित्रे होमस्टे सञ्चालक समितिका अध्यक्ष सुशीलादेवी गुरुङले जानकारी दिनुभयो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












