जागिरेलाई बैंकले बिना धितो १५ लाख सम्म ऋण दिँदै
काठमाडौं। तपाई जागिरे हुनुन्छ ,केही जरुरी कामले बैंकबाट ऋण लिने बिचारमा हुनुन्छ तर तपाईसँग बैंकमा राख्ने धितो छैन भने अब चिन्ता नलिनुस् जागिरेलाई बैंक तथा वित्तीय संस्थाले बढिमा १५ लाख रुपैयाँसम्म बीना धितो ऋण उपलब्ध गराउँछन्।
तर ऋणका केही सर्तहरु भने छन्
बैंकहरुले यस्तो ऋण आफूले काम गर्ने संस्थाले दिएको तलब सुविधाको प्रमाणित कागजात, ऋणको पृष्ठभूमि र काम गर्ने कम्पनीले गरिदिएको सिफारिसका आधारमा दिन सक्ने छन्। यस्तो ऋणको किस्ता नियमित आम्दानीबाट सोझै काट्छ।
जागिरे भएकै भरमा भने ऋण पाइँदैन। तपाईले जागिर खाएको कार्यालयको तलवी खाता बैंक तथा वित्तीय संस्थामा हुनु पर्छ। नियमित तलव भुक्तानी गर्ने कम्पनीका कर्मचारीलाई बैंक तथा वित्तीय संस्थाले बढिमा १५ लाख रुपैयाँसम्म बीना धितो ऋण उपलब्ध गराउँछन्।
राष्ट्र बैंकले यस्तो खालको ऋणमा बैंकहरुलाई केही नीतिगत सहुलियत दिएको छ। त्यसैका आधारमा बढिमा १५ लाख रुपैयाँसम्म ऋण दिन सकिन्छु प्रभु बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बिजमाण्डूसँग भने,लगानी सुरक्षाका लागि बैंकहरुले तलवी खाता भएका कम्पनीका कर्मचारीहरुलाई यस्तो ऋण दिइरहेका छन्।
नेपाल राष्ट्र बैंकले आफ्नो सम्पति नभएका, भाडामा बस्ने तर नियमित आम्दानी भएकाहरुले पनि ऋण पाउन् भनेर यस्तो ब्यवस्था गरेको हो। राष्ट्र बैंकले जुन बैंकमा तलबी खाता भयो त्यही बैंकबाट ऋण लिनु पर्ने वाध्यताकारी व्यवस्था भने गरेको छैन। तर बैंकहरुले ऋणको सुरक्षाका लागि तलवी खाता भएका कम्पनीका कर्मचारीलाई मात्र ऋण दिएका हुन्।
बैंकहरुको यस्तो ऋण दिने आआफ्नै सिद्धान्त छ। कुनै बैंकले मासिक तलवको दुई गुणादेखि १५ लाख रुपैयाँसम्म ऋण दिने गरेका छन्। १५ लाख रुपैयाँ नै दिने बैंक भने निक्कै कम छन्। कम्पनीको विश्वसनीयताका आधारमा मात्र कुनै कुनै बैंकले निश्चित कम्पनीका कर्मचारीलाई १५ लाख रुपैयाँसम्म उपलब्ध गराउने गरेका छन्।
बैंक तथा वित्तीय संस्थाहरुले पर्सनल ग्यारेन्टीमा यस्तो ऋण दिने गर्छन्। बैंकहरुले नियमित आम्दानी हुनेहरुलाई बिनाधितो ऋण दिन थालेकाले तलवी खाता खोल्नेको संख्या पनि बढ्दै गएको बैंकरहरुको विश्लेषण छ। यस्तो ऋण ब्यक्तिगत तथा सामूहिक जमानीमा प्राप्त हुन्छ।
शहरमा घर नभएकै कारण नियमित तलव सुविधा भएकाहरुले पनि बैंकबाट ऋण लिन पाएका थिएनन्। उनीहरुलाई लक्षित गरी १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको थियो।
बैंकहरुले यस्तो ऋण आफूले काम गर्ने संस्थाले दिएको तलब सुविधाको प्रमाणित कागजात, ऋणको पृष्ठभूमि र काम गर्ने कम्पनीले गरिदिएको सिफारिसका आधारमा दिन सक्ने छन्। यस्तो ऋणको किस्ता तथा ब्याज बैंक तथा वित्तीय संस्थाले ग्राहकको नियमित आम्दानीबाट सोझै काट्छ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












