तीव्र दरमा कर्जाको विस्तार गरेसँगै वाणिज्य बैंकहरूको खराब कर्जा दर बढ्यो
काठमाडौं, ८ जेठ । वाणिज्य बैंकहरूको खराब कर्जाको दर बढ्दै गएको छ । बैंकहरूले तीव्र दरमा कर्जाको विस्तार गरेसँगै खराब कर्जाको दर बढेको हो । गत चैत मसान्तमा वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा गत असार मसान्तको तुलनामा चार आधार बिन्दुले बढेको नेपाल बैंकर्स संघले जनाएको छ ।
जबकि, यही अवधिमा बैंक तथा वित्तीय संस्थाको नौ सय आधार बिन्दु (नौ प्रतिशत बिन्दु) ले आन्तरिक कर्जाको विस्तार भएको तथ्यांक राष्ट्र बैंकले प्रस्तुत गरेको छ । चैत मसान्तमा नै खराब कर्जा बढ्नुमा ब्याजदर वृद्धिको पनि आंशिक प्रभाव रहेको बैंकरहरूले बताएका छन् ।
बैंकहरूले थप कर्जा विस्तार गर्ने क्षमता गुमाएको (क्रेडिट क्रन्च) अवस्थामा पुराना कर्जाको ब्याजदर बढाइदिन थालेपछि खराब कर्जाको दर बढ्न थालेको एक बैंकरले बताए । बैंकहरूले कर्जायोग्य पैसा नभएको भन्दै पुराना कर्जाको पनि ब्याजदर धमाधम बढाएर झन्डै दोब्बर पारेका थिए । साढे ६ प्रतिशतको ब्याजदर एकैपटक १२ प्रतिशतसम्म पुर्याएपछि ऋणीले समयमै कर्जा भुक्तानी नगर्दा खराब कर्जाको दर बढ्न पुगेको बैंकरहरू बताउँछन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












