एनआइसी एसियामा बचत खाता खोल्न बैंक जानु नपर्ने, अनलाईनबाटै खाता खोल्न सकिने
काठमाडौं, २७ कात्तिक । एनआइसी एसिया बैंकमा नेपाल तथा विश्वको कुनै पनि स्थानबाट बचत खाता खोल्न सकिने भएको छ । बैंकले ‘एनआइसी एसिया अनलाइन बचत खाता’ संचालनमा ल्याएपछि यस्तो सम्भव भएको हो ।
ग्राहकको माग तथा चाहना बमोजिम यस्तो खाता संचालनमा ल्याइएको बैंकले जानकारी दिएको छ । अनलाइन बचत खाता देश तथा विदेशमा रहेका ग्राहकलाई सजिलै खाता खोल्न सहयोग गर्ने उद्देश्यले संचालनमा ल्याइएको बैंकको भनाइ छ ।
अनलाइन मार्फत बचत खाता खोल्दा सुरुमा कुनै मौज्दात राख्नु पर्नेछैन । अर्थात शुन्य मौज्दातमै खाता खोल्न सकिने यस्तो खातामा ग्राहक बैंकमा उपस्थित नभईकन नै खाताखोलि खाता नंम्बर प्राप्त गर्न तथा अनलाईन मार्फत रकम जम्मा गर्न सक्ने विशेषता रहेको छ ।
अनलाइन बचत खाताको सुरुवातसँगै ग्राहकले आफुले चाहेको बखतमा बैंकको वेबसाइटमा गई तुरुन्त खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सक्नेछन् । यस्तो बचत खाताको सुरुवातसँगै देशविदेशमा रहेका ग्राहकहरुले उच्चस्तरीय बैंकिङ्ग सेवा प्राप्त गर्ने बैंकको विश्वास छ ।
भौतिक रुपमा शाखा संजाल विस्तारमा आक्रामक ढंगले प्रस्तुत भइरहेको एनआइसी एसियाले इन्टरनेट माध्यमको प्रयोग गरी भर्चुअल दुुनियमा पनि आफ्नो बलियो उपस्थिति बनाउन लागेको छ ।
बैंकले हाल देशभर रहेका आफ्ना १३६ शाखा, ४ विस्तारित काउण्टर, १४१ एटीएम, ३ शाखारहित बैंकिङ्ग सेवा र ४०५ भन्दा बढी पिओएस मेशिनमार्फत् उच्चस्तरीय र ग्राहक केन्द्रीत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
करिब ६ लाख ३० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको बैंकले अनलाइन बचत खातामार्फत देश तथा विदेशमा रहेका ग्राहकलाई थप सेवा विस्तार गर्ने लक्ष्य लिएको बैकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












