वायुसेवा निगमको बोइङ खरिदको सबै रकम बुझाउन भवन भट्टलाई ४५ दिने म्याद
काठमाडौं, १५ मंसिर । नेपाल वायुसेवा निगमले लिलामीमा राखेको बोइङ ७५७ खरिदका लागि भवन भट्टलाई ४५ दिनको म्याद दिएको छ । निगमले गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भट्टको कम्पनी बीबी एयरवेजलाई ४५ दिनभित्र जहाज खरिदको लागि सबै रकम बुझाउन भनेको हो ।
बीबी एयरवेजले असोज अन्तिम साता बोइङ खरिदका लागि अग्रिम भुक्तानी बापत एक करोड ५० लाख बुझाएको थियो । तर, लामो समय खरिद सम्झौता गर्न आनाकानी गरेपछि निगमले एक हप्ते म्याद दिँदै सार्वजनिक सूचना निकाल्यो । नियम र एयरवेजबीच गत मंगलबार खरिद सम्झौता भएको छ ।
निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठले भने, ‘खरिद सम्झौता अनुसार अब ४५ दिन भित्रमा बाँकी रकम बुझाउनु पर्छ ।’ निगमले बीबी एयरवेजलाई १४ लाख ६० हजार अमेरिकी डलर अर्थात् १५ करोड १८ लाख रुपैयाँमा विमान बिक्री गर्न लागेको छ । यसमध्ये १० प्रतिशत अर्थात एक करोड ५० लाख अग्रिम भुक्तानी दिइएको छ । अब बीबी एयरवेजले १३ करोड ६८ लाख रुपैयाँ बुझाउन बाँकी छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












