प्रभु लाइफ इन्स्योरेन्सको औपचारिक कारोबार सुरु, ४० करोडको शेयर जारि गर्ने
काठमाडौं, २८ मंसिर । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले ४० करोडको शेयर जारी गर्ने भएको छ । केही समयभित्रै चालिस करोड रुपैयाँ बराबरको साधरण शेयर जारी गर्ने प्रभु लाइफ इन्स्योरेन्सले जनाएको छ । बिहीबार कम्पनीको औपचारिक रुपमा कारोबार शुरु गर्दै कम्पनीले आफ्नो चुक्ता पुँजी पुर्याउन उक्त शेयर जारी गर्ने बताएको हो ।
दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । समूह प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानीमा सञ्चालनमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनी हो ।
कारोबारको औचारिक रुपमा शुरु गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापाँगाइले बीमा क्षेत्रको बजार नेपालमा धेरै भएकाले सबै बीमा कम्पनीले बजार विस्तारमा डटेर लाग्न सुझाव दिए । प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले जीवन बीमा बजारमा केही नयाँ गर्न आएको बताए । जीवन बीमाको बजार विस्तारसँगै यसलाई परिपक्व र गतिशिल बनाउने योजनासहित प्रभु सञ्चालनमा आएको समेत जानकारी गराए ।
कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमालाई अब गाउँ–गाउँसम्म फैलाउने र बजारमा नयाँ आयाम थप्ने दाबी गरे । त्यस्तैगरि सांग्रिला डेभपलपमेन्ट बैंकका अध्यक्ष डा. रविन्द्रप्रसाद श्रेष्ठले सांग्रिला बैंकले नयाँ क्षेत्रमा हात हाल्ने मौका पाएको बताउँदै यसले बीमा बजार छुट्टै स्थान बनाउने दावी गरे ।
के छन् योजना ?
दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन्। कम्पनीले अमूल्य जीवन बीमा र समृद्ध जीवन बीमा योजना ल्याएको छ । कम्पनीका अनुसार अमूल्य जीवन बीमा योजना अन्तर्गत बीमा समाप्ति मितिसम्म बीमित जीवित रहेमा बीमांक रकम र आर्जित बोनस एकमुष्ठ प्रदान गरिने कम्पनीले जनाएको छ ।
बीमालेख परिपक्व भएपछि बीमाशुल्क भुक्तानी गर्नु नपर्ने र कुनै पनि समयमा बीमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई एक मुष्ठ बीमांक रकम दिइने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यदि बीमित सय बर्षसम्म जीवित रहेमा सय बर्ष पुगेको बर्षगाँठमा निजलाई एक मुष्ठ बीमाङ्क रकम पुनः भुक्तानी गरिनेछ ।
कम्पनीका अनुसार समृद्ध जीवन बीमा योजना अन्तर्गत बीमा समाप्ति मितिसम्म बीमित जीवित रहेमा बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ठ प्रदान गरिने कम्पनीले जनाएको छ । बीमा समाप्ति मिति अगावै बीमालेख चालु रहेको अवस्थामा बीमितको मृत्यु भएमा बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ठ बीमालेख अन्तर्गत इच्छाइएको व्यक्तिलाई प्रदान गरिने कम्पनीले जनाएको छ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












