लोकतन्त्र माथिको वितृष्णा: भीडवादको मनोबल ?
–शशिकान्त अधिकारी
गोविन्द भजमन गोपाल वोलो । गत सप्ताहभर डा. गोविन्द के.सी.को अनसनको आडमा अदालत प्रतिको वितृष्णा सिर्जना गर्ने चलखेलमा केहि नेताहरु सामेल भए । प्रधान न्यायधिश गोपाल पराजुली माथिको आक्रोस छताछुल्ल भएर सोसल मिडियाको मूल बिषय “आई एम विथ डा. के.सी.” “डाउन विथ गोपाल” को माहोल बनाइयो ।
नागरिक आवाजका अभियन्ता बनाइएका डा.के.सी. को डा. शशि शर्मा प्रतिको घृणाभाव अनौठो तवरले प्रधान न्यायधिशको पद माथि खनियो भष्ट्राचारको मुद्दा बनेर जनमनको कुरा एक थरीले हावा दिए । मनको तरङ्गलाई निश्चयात्मक बुद्धि विवेकले नियन्त्रण गर्न सकेन ।
डा. के.सी. को नाम उचालेर राज्य सञ्चालनको मूल पद्धतिको अस्वीकृतिका जनभावनाहरु पोखिएका छन् । न्यायलय प्रति आस्था र विश्वास छ तर न्यायधिश प्रति छैन । न्यायधिश बिनाको न्यायलय ? बिडम्वनाको बिन्दु यही हो । सडकबाट न्यायधिश छनोट गर्ने मनोगत आग्रह । यसो भए न्यायपरिषद र संसदको भूमिका के हुने ? मुलुकले अंगिकार गरेको पद्धतिमा न्यायपरिषद र संसदको क्षेत्राधिकार भित्र नै न्यायधिश नियूक्ति राखिएको छ । यसलाई परिर्वतन नगरे सम्म सडकको माग सम्बोधन गर्न सकिन्न । यसको राजिनामा र त्यसको नियूक्ति जस्ता मागहरु पद्धतिका होईनन् बरु हठ मात्र हो । राज्य संयन्त्रहरुमा नागरिक हस्तक्षेपको सिमा र मर्यादा कहाँ सम्म हो यो खुट्याउनु पर्ने बेला भएछ ।
अन्यथा गोविन्दको अनसनको आड लिएर प्रच्छन्न राजनितिक एवं प्रशासनिक खेलहरु सडकमा पोखिने छन् । यसले राज्यको सिमा र मर्यादालाई पनि धरापमा पार्ने संकेत देखिन थालेको छ । यसो नहुदो हो त सरकार र डा. के.सि. विच पटक पटक सम्झौता गरिहरनु पर्ने अवस्था आउने थिएन । मुलुकले स्वीकार गरेको हालको लोकतान्त्रीक पद्धती भनेको प्रजातन्त्रका तीन स्तमभ कै मान्यता हो । ससंद– कानून बनाउछ र कार्यकारिणी सरकार माथि नियन्त्रण राख्दछ । कार्यकारी सरकार– कानूनको पालना गराउछ र गर्छ । अनि राज्यको रक्षा गर्छ ।
न्यायलय– नागरिकहरुको रक्षा गर्छ र कानुनको व्याख्या गर्छ । कानून बनाउने, कानुन लागु गर्ने र कानूनको व्याख्या गर्ने यी तीन अंग व्यस्थापिका, कार्यपालिका र न्यायपालिका गरी यी तीन अंग नै राज्य शक्ति सन्तुलनका मूल खम्वा हुन । यदी यी तीन अंक कमजोर भए लोकतन्त्रको मूल्य मान्यता, विधिको शासन भंग हुन्छ । विधिले काम नगर्नुको सोझो अर्थ हो अराजक हुनु ।
विगतमा संसद र सरकारप्रति पनि वितृष्णाको भावना उजागर गरिएको थियो । अब न्यायलयलाई पनि सडकमै छलफल हुने खेलको सिकार बनाईदैछ । डा. के.सि. त दशी पात्र मात्र हुन । लोकतान्त्रिक पद्धतीका तीन खम्बाको सही र ठीक विश्लेषणद्धारा नागरिक चेतना द्धारा सुधारको पक्षमा काम गर्नु पर्ने चौथो अंग क्षणिक उन्माद र सन्सनी खबरको चपेटामा पर्नुको अर्थ हो अर्को वितृष्णा । यो शुभ संकेत होइन । मिडिया संचालकहरु उत्ताउला र व्यक्तिवादी भएर जानु लोकतन्त्रको गन्तव्य गतिहिन बनाउने परिवन्द सिर्जना गर्नु हो ।
प्रत्येक ब्यक्तिको विगत केलाएर दोषि करार दिदै जाने हो भने आजको सम्पूण राजनैतिक , सामाजिक एवं आर्थिक नेतृत्व धराशायी हुन्छ । बुझनु पर्ने के भने वर्तमान नै यर्थात हो । आजको यर्थाथ केलाउदा जिम्मेवारी र दायित्वको निर्वाह कसरी भएको छ त्यो विश्लेषण गर्ने हो । राज्य संयन्त्र भित्रका नियमन गर्ने संस्थापनहरुलाई आफ्नो दायित्व पुरा गर्न सचेत गराउनु पर्छ । यसो गर्दा पनि राज्य संयन्त्रलाई भत्काउने होइन– त्यसलाई बलियो बनाउने सकारात्मक सोचका साथ काम गर्नु मिडियाको दायित्व हो ।
यहाँ केही अझ स्पष्ट हुन जरुरी छ । राज्य संचालनमा साम, दाम, दण्ड भेदको नीति मूल जरो हो । ‘संसद जन प्रतिनिधि सभा –साम नीतिमा रहन्छ । उसले यस्को वा त्यस्को भन्दैन – समग्र पद्धती र विधिको शासनका लागि आम मानिसको आकांक्षा अनुसार समता भावले काम गर्दछ । कार्यपालिका – दण्ड र भेदको नीतिमा चल्छ । त्यस भित्र आग्रह पूर्वाग्रह, द्धेष , घृण, लहड, झोक, प्रतिशोध आदि मानविय कमजोरी हुन्छन । राज्य सत्ता र शक्तिको आड लिएर अधिकारको दुरुपयोग गर्ने संभावना बलियो हुन्छ ।
न्यायलय – दानमा विश्वाश गर्छ । त्यसैले लोकभाषामा “न्याय दिने” न्यायलय हो । दिने – लिनु केही छैन । विधिशासनको व्याख्याता भएकोले कार्यापालिका माथि सोझो र प्रत्यक्ष नियन्त्रण गर्ने संस्था नै न्यायपालिका हो । संविधानले प्रत्याभूत गरेका नागरिक अधिकार कुठित हुने गरी कानून बनेको रहेछ भने जनप्रतिनिधि सभालाई नियन्त्रण गर्ने पनि न्यायलय हो । यसबाट प्रष्टछ नागरिक अधिकारको रक्षकहो न्यायलय । त्यस न्यायलय प्रति अनआस्था विधिशासन प्रति नै प्रश्न चिन्ह उठाउनु हो ।
बिषय खास ब्यक्ति वा न्यायधिशको सवाल होईन सवाल हामी कुन र कस्तो खाले न्यायको कुरामा अल्झेका छौ भन्ने हो । नागरिक अधिकारको माग कहां गर्ने ? राज्यबाट प्रताडित व्यक्ति कहाँ जाने ? न्यायको सही व्याख्यामा कुन न्यायधिशको इजलास ठीकहो भनेर ठहर गर्ने ? कसैको नजर र सोचमा मन नपरेको न्यायमूर्ति असक्षम छ भन्ने आग्रह राखेको हो भने न्यायलयबाट भएका तमाम फैसलामा हार र जीत भएकै हुन्छ ।
हार्नेले न्याय र न्यायधिश माथि औंला उठाउने छ भने जित्न्ोले तालि बजाउनु स्वभाविक हुन्छ । न्यायका कारण समाज पक्ष र विपक्षमा उभिनु र सडकमा नाराको विषय बनाउनु भनेको न्यायलय प्रतिको आस्था होईन घृणा पैदा गर्दै कमजोर पार्ने प्रपंच मात्र हो । बिषयको गंभिरता बुझेर समय छदै सचेत रहनु वौद्धिक जगतको दायित्व हो । विश्वजनीन कुरा हो न्यायलय नागरिकको हक अधिकारको रक्षकहो जनताको रक्षक । राजनितिक सत्ताधारीको संरक्षक होईन । सानो उदाहरण केलाउन सकिन्छ । ब्यक्तिको सम्पत्ती र सम्मान माथि राज्यले हस्तक्षेप गर्ने छैन भन्ने संम्वैधानिक प्रत्याभूति छ । नियम–विनियम वा सत्ता शक्तिको आडमा नागरिक अधिकार कूठित गर्ने काम बेला वखतमा भईनै रहन्छ । राज्य ब्यक्तिको समष्टी हितका लागि हो तर त्यसो भईरहेको पाईन्न ।
अपराधका लागि दण्ड व्यवस्था छ । तर त्यस्तो दण्ड पनि राज्य सत्ताले न्यायलय बाटै दिलाउनु पर्छ । त्यही भएर सरकारले अभियूक्त वनाईएका सयकडा असी प्रतिशत मुद्दाहरु नागरिकको पक्षमा फैसला हुन्छ – सरकारका पक्षमा होईन । कारण प्रतिशोध र घृणाको शासकिय ब्यक्तिहरुको कार्यशैली हो । त्यहाँ सिंगा नागरिक जित्छ किन ? यसमा ब्यक्तिको सम्पत्ती, सम्मान र नागरिक अधिकारको रक्षा गर्नु अदालतको मूल नीति र कार्य हो । यही कारणले गर्दा हो कि आजसम्म अदालतको सम्मान कायम छ र पीर मर्का वोकेर न्यायका लागि नागरिक अदालत कै शरणमा पुग्दछ ।
डा. के.सि.को अनसनको हठ र राज्यको न्यायव्यवस्था माथिको पश्नले सही बाटो समातेको देखिन्न सार्वभौम नागरिक अधिकार पनि समग्र राज्यको हितमा केन्द्रीत गर्न सकिन्छ । ब्यक्तिवाद दुराग्रहो । तीन करोड नेपालीको स्वास्थ्य सेवाको चिन्ता गर्ने यौटा वलियो आडिलो ब्यक्ति नागरिक समाजको अभियन्ता वनुनजेल समर्थन लहर आयो । नेपालीको जीवन रक्षाका लागि राम्रो स्वास्थ्य शिक्षा र सेवाको माग नगन्य छ र समर्थन पनि छ ।
तर जहा बहुसमर्थनको अंहकार जलित आग्रहको माग बढन थाल्छ तव तव राजनितिक घुस पैठ बढछ नै । सडकमा मानिस धेरै रमिते र थोरै समर्थक मात्र हुन्छन । भीडको उन्मादमा स्वास्थ्य सेवा जस्तो संवेदन शिल विषय पनि ओझेलमा पर्ने खतरा छ । भीडवादको खतरा के हो भने त्यसको गन्तव्य पानीको भेल जस्तै हो जतापनि वग्न सक्छ । तथा त्उसको कोर्स र्निधारण भीडको नेतृत्वले गर्छ । डा. के.सि. नेता होईनन उनी अभियन्ता हुन अभियन्ताले सचेत त गराई राख्नु पर्छ तर भीडको राजनितिबाट मुक्त हुनु पर्छ भारतका अन्ना हजारे भीडबाट मुक्त छन् उनको विषय वौद्धिक जनमत द्धारा राज्य सत्तालाई सही सोच्न वाध्य पार्नु हो ।
न्यायलय प्रतिको सम्मानमा तलमाथि गर्ने कामलाई समग्र लोकतान्त्रिक पद्धतिलाई आंशिक रुपमै भए पनि खण्डित गर्नु हो । न्यायलयबाट न्याय पाईन भनेर न्याय माग गर्ने ठाउँ फेरि पनि न्यायलय नै हो । सडक होईन यो कार्य तर्फ सचेत रहनु पर्नेछ व्यक्ति ठुलो कुरा होइन, तर राज्य, राष्ट्र र त्यसको पद्धति निरविच्छिन्न चलिरहनु पर्छ । खराव र असल वर्तमानको व्यवहारले भन्दा पनि ईतिहासको कालखण्डले निचोड निकाल्ने छ ।
राम्रो योगदानको कदर इतिहासले गर्छ । राज्य संयन्त्र भित्रका तमाम इकाईमा हस्तक्षेप नाजायज छ नत संभव नै । मनमा लाग्यो कुरा उठ्यो । बाच्न पाउने मानिसको नैसर्गिक अधिकार हो तर मृत्य वरण गर्ने अधिकार कसैलाई छैन । डा. के.सि.को जीवन रक्षाका लागि सडकमा मानिस आउछन किन कि मर्न पाईन्न त्यसो भने भनेर मण्डला को भिड ले निर्देशित गर्ने वानी बसाल्नु पनि भएन ।
जुन पद्धती हामीले अंगिकार गरेका छोै त्यसको मूल जरो उखल्ने प्रयत्न नहोस । आखिर हामी त्यही पद्धती भित्रकै एक अंश हौ । गोविन्द भज वा गोपाल भन यौटाको अवसानले अर्कोको उत्थान हुदैन । बरु भिडवादको नासूरले नयाँ खाले सुनामी ल्याउने संकेत गर्छ । त्यस्तो आगोमा घिउको आहुती दिनेको कमी छैन । समय अझै भड्की सकेको छैन । पद्धतिमाथिको चोट भनेको हामी माथि पर्ने बज्रपात हो जसका लागि सार्वभौम नागरिकले लामो संघर्ष गरेका छन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












