इन्भेष्टमेण्ट बैंकले ६ महिनामा १ अर्ब ८३ करोड नाफा कमायो
काठमाडौं, १४ माघ । नेपाल इन्भेष्टमेण्ट बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म १ अर्ब ८३ करोड नाफामा कमाएको छ । अघिल्लो बर्षको सोहीसम्ममा बैंकले १ अर्ब ५८ करोड नाफा कमाएको थियो । सो अबधिको तुलनामा बैंकको चालु आर्थिक वर्षको नाफामा २१ करोड रुपैयाँले वृद्धि गरेको छ ।
बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १ खर्ब २९ अर्ब निक्षेप संकलनगरी १ खर्ब १३ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ । चालु आर्थिक वर्षको छ महिनामा बैंकको व्याज आम्दानी ६ अर्ब ४२ करोड छ भने, व्याज खर्च ३ अर्ब ७० करोड रुपैयाँ भएको छ ।
बैंकको खराब कर्जामा वृद्धि भएको छ । गत आर्थिक वर्षको पुष मसान्तसम्ममा बैंकको खराब कर्जा ०.७० प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको ६ महिनामा यस्तो कर्जा बढेर १.१२ प्रतिशत पुगेको छ । बैंकको चुक्तापुँजी १० अर्ब ६२ करोड रहेको छ भने प्रतिसेयर आम्दानी ३४.६२ रुपैयाँ रहेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












