आर्थिक गणना वैशाखदेखि
भक्तपुर, २६ चैत। आउँदो वैशाखदेखि भक्तपुरमा पहिलो पटक आर्थिक गणना २०७५ शुरु हुने भएको छ । सरकारले देशभर नेपालको प्रथम राष्ट्रिय आर्थिक गणना सञ्चालन गर्ने भएपछि त्यसलाई सफल पार्न भक्तपुर जिल्लाले वैशाखदेखि नै गणना शुरु गर्ने भएको हो । यसको तयारी जिल्लामा पनि तीव्र रुपमा भइरहेको छ ।
आर्थिक गणनाका लागि आवश्यक जनशक्ति तयार पार्न जिल्लामा ६१ गणक र नौ निरीक्षक छनोट भई ब्यासीस्थित वासु माविमा शुरु भएको तालीमको भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला आर्थिक गणना समन्वय समितिका अध्यक्ष द्रोण पोखरेलले उद्घाटन गर्नुभयो । उहाँले देशमै पहिलो पटक हुन लागेको आर्थिक गणनाले मुलुकको दिगो विकासका लागि आवश्यक पर्ने आधारभूत आर्थिक तथ्यांक प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
आर्थिक गणनाअन्तर्गत अन्य जिल्लामा जस्तै गणक सबै व्यावसायिक आर्थिक एकाई अर्थात् प्रतिष्ठान, व्यवसायस्थलमै पुगेर गणना गरिनेछ । वैशाख र जेठ महिना आर्थिक एकाईको लगत संकलन, प्रशोधन, सञ्चयन, विश्लेषण र प्रकाशन गरिने भएको छ ।
जिल्ला गणना अधिकृत सुरेन्द्र रावलले भक्तपुरमा आर्थिक गणनाका लागि ६१ गणक र नौ निरीक्षक छनोट भई तालीममा सहभागी गराइएको बताउनुभयो । आर्थिक गणनामा कुनै पनि व्यावसायिक आर्थिक एकाई नछुट्ने र नदोहोरिने गरी प्रशिक्षण दिइएको छ । वैशाखदेखि इन्टरनेट र कागजी प्रश्नावली फारमको प्रयोग गरी आर्थिक एकाईको विस्तृत विवरण संकलन गर्ने गरी आर्थिक गणना गरिने उहाँको भनाइ छ । रासस
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...













