प्रदेशसभा ३ मा प्रधानमन्त्रीको सम्बोधन : कोइलामा भारतले नेपालसंग प्रतिस्पर्धा गर्नै सक्दैन
हेटौंडा २१, जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कोइला खानीको उत्खनन् गरेर बाहिर निर्यात गर्नुपर्ने बेला आएको बताएका छन् ।
प्रदेश नं ३ प्रदेशसभाको विशेष बैठकलाई सम्बोधन गर्दै उनले थपे, भारतले नेपाली बजारसंग कोइलामा प्रतिस्पर्धा गर्न नसक्ने भन्दै नेपालको संबृद्वि अवको सरकारले गर्ने जनाए ।
नेपालमा धेरै कुराहरुको धनी भएको भन्दै पानी, जल र जमिनको सहि सदुपयोगबाट विकासको उच्च बिन्दुमा पुग्न सकिने तर्क गरे ।
विश्वका धेरै देशले सुमुन्द्रको पानीलाई मिनरल वाटर भन्दै बेच्दा हाम्रो हिमालको काखबाट झरेको सुद्व पानीलाई चिनेनाैं, यसो हुँदा न प्रकृति मैत्री बन्न सकियो न विकासमा फड्को मार्न सकियो ।
नेपालीहरूले अनुत्पादक क्षेत्रमा बढी खर्च गरिरहेको भन्दै उनले भने, ‘पानी खाए हुने ठाउँमा म्याङ्गो जुस, लिची जुस, के के हो के के? त्यहाँ लिचिको बोक्रा पनि हुँदैन् सबै केमिकल फ्लेवर हो हामीले किन पैसा खेर फालेका छौँ?’
‘कुहेको केरा नखाए के हुन्छ, पानी खाए के हुन्छ। हामी अर्बौँको पेय पदार्थ किनिरहेका छौँ। हामीले हाम्रो आनीबानी पनि सच्याउनुपर्ने छ,’ उनले भने।
नेपाल संभावना नै संभावनाको देश भएको भन्दै ठुला ठुला ढुङ्गा, गैडा, मयुर, अर्ना लगायतका अनाैठा जिव जन्तु हेर्न समेत हाम्रै देश आउन पर्छ भन्दै योजना र संकल्पमा कटिबद्व भएर लाग्ने बेला आएको जनाए ।
अब कोही नेपाली भोकै मर्नु नपर्ने दोहोर्याएका छन् ।
एक वर्ष अगाडि आफूले भोकै कोही मर्न नपर्ने बताएका स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले अघिल्ला वर्ष अब नेपालमा कोही भोकै मर्दैन भनेको थिएँ । अब म दावाका साथ भन्छु, कोही नेपाली भोकै मर्दैन, कोही नेपाली भोकै मर्दैन । किनभने यो देशमा जनताका लागि सरकार छ । तर, चुनौती पनि छ ।’
प्रदेश ३ को संसदलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबको केही वर्षभित्र पनि कसैले भिख माग्नुपर्ने अवस्था आयो भने सरकारको नीति, कार्यक्रम र प्रणालीको अर्थ नहुने भन्दै त्यसो नहुने बताए ।
तराईंमा जाडो महिनामा पहिलको जस्तो मान्छे मर्न नपरोस् भन्नेतर्फ सरकार गम्भीर भएको भन्दै प्रधानमन्त्री ओलीले जनताप्रति उत्तरदायी हुने बताए ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











