प्रदेशसभा ३ मा प्रधानमन्त्रीको सम्बोधन : कोइलामा भारतले नेपालसंग प्रतिस्पर्धा गर्नै सक्दैन
हेटौंडा २१, जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कोइला खानीको उत्खनन् गरेर बाहिर निर्यात गर्नुपर्ने बेला आएको बताएका छन् ।
प्रदेश नं ३ प्रदेशसभाको विशेष बैठकलाई सम्बोधन गर्दै उनले थपे, भारतले नेपाली बजारसंग कोइलामा प्रतिस्पर्धा गर्न नसक्ने भन्दै नेपालको संबृद्वि अवको सरकारले गर्ने जनाए ।
नेपालमा धेरै कुराहरुको धनी भएको भन्दै पानी, जल र जमिनको सहि सदुपयोगबाट विकासको उच्च बिन्दुमा पुग्न सकिने तर्क गरे ।
विश्वका धेरै देशले सुमुन्द्रको पानीलाई मिनरल वाटर भन्दै बेच्दा हाम्रो हिमालको काखबाट झरेको सुद्व पानीलाई चिनेनाैं, यसो हुँदा न प्रकृति मैत्री बन्न सकियो न विकासमा फड्को मार्न सकियो ।
नेपालीहरूले अनुत्पादक क्षेत्रमा बढी खर्च गरिरहेको भन्दै उनले भने, ‘पानी खाए हुने ठाउँमा म्याङ्गो जुस, लिची जुस, के के हो के के? त्यहाँ लिचिको बोक्रा पनि हुँदैन् सबै केमिकल फ्लेवर हो हामीले किन पैसा खेर फालेका छौँ?’
‘कुहेको केरा नखाए के हुन्छ, पानी खाए के हुन्छ। हामी अर्बौँको पेय पदार्थ किनिरहेका छौँ। हामीले हाम्रो आनीबानी पनि सच्याउनुपर्ने छ,’ उनले भने।
नेपाल संभावना नै संभावनाको देश भएको भन्दै ठुला ठुला ढुङ्गा, गैडा, मयुर, अर्ना लगायतका अनाैठा जिव जन्तु हेर्न समेत हाम्रै देश आउन पर्छ भन्दै योजना र संकल्पमा कटिबद्व भएर लाग्ने बेला आएको जनाए ।
अब कोही नेपाली भोकै मर्नु नपर्ने दोहोर्याएका छन् ।
एक वर्ष अगाडि आफूले भोकै कोही मर्न नपर्ने बताएका स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले अघिल्ला वर्ष अब नेपालमा कोही भोकै मर्दैन भनेको थिएँ । अब म दावाका साथ भन्छु, कोही नेपाली भोकै मर्दैन, कोही नेपाली भोकै मर्दैन । किनभने यो देशमा जनताका लागि सरकार छ । तर, चुनौती पनि छ ।’
प्रदेश ३ को संसदलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबको केही वर्षभित्र पनि कसैले भिख माग्नुपर्ने अवस्था आयो भने सरकारको नीति, कार्यक्रम र प्रणालीको अर्थ नहुने भन्दै त्यसो नहुने बताए ।
तराईंमा जाडो महिनामा पहिलको जस्तो मान्छे मर्न नपरोस् भन्नेतर्फ सरकार गम्भीर भएको भन्दै प्रधानमन्त्री ओलीले जनताप्रति उत्तरदायी हुने बताए ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












