शेयर कर्जामा खुकुलो नीति लिन फाइनान्स कम्पनी संघको माग रहेको छ अध्यक्ष तुलाधार
काठमाडौं। फाइनान्स कम्पनीहरुले आगामी शेयर धितो कर्जामा खुकुलो नीति लिन राष्ट्र बैंकलाई सुझाव दिएका छन्। बजेट आएपछि शेयर बजार निरन्तर घटेको तर्फ संकेत गर्दै संघका अध्यक्ष सरोजकाजी तुलाधरले मौद्रिक नीतिबाट शेयर धितो कर्जामा सहुलिय दिनु पर्ने माग राखेका हुन्।
आगामी आर्थिक बर्षको मौद्रिक नीति तर्जुमा गरिरहेको राष्ट्र बैंकलाई सुझाव दिन नेपाल ब्यवस्थापन संघ (म्यान) ले आयोजना गरेको कार्यक्रममा बोल्दै तुलाधरले शेयर बजार सुधार गर्न दुई वटा सुझाव राष्ट्र बैंकलाई दिएका हुन्। कार्यक्रममा राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जिबी नेपाल उपस्थित थिए।
तुलाधरले १८० दिनको औषत मूल्यको ५० प्रतिशत ऋण दिन पाउने ब्यवस्थालाई ७०र८० प्रतिशत पुर्याउन माग गरेका छन्। साथै चुक्ता पूँजीको ४० प्रतिशत मात्र लगानी गर्न पाइने सीमालाई बढाएर ६० प्रतिशत पुर्याउन समेत उनले माग गरेका छन्।
उनले घरजग्गा कर्जालाई पनि हसज बनाउन गभर्नरसँग आग्रह गरे। ुसम्पतिको मूल्यांकनमा काठमाडौमा ४० र बाहिर ५० प्रतिशतसम्म घर निर्माणका लागि ऋण पाइन्छु उनले भने, ुयसले काठमाडौं बाहिर अझ जग्गाको भाउ बढ्यो। त्यसैले धितोको ६० प्रतिशतसम्म ऋण पाउने ब्यवस्था गर्नु पर्छ।ु
उनले फाइनान्स कम्पनीहरुको चुक्ता पूँजी चार गुणाले बढेसँगै क्षमता पनि बढेकाले बैंकहरु सरह अन्य लगानीका क्षेत्र पनि खुला गर्न माग गरेका छन्। तुलाधरले फाइनान्स कम्पनीलाई पनि ओभरड्राफ्ट कर्जा खुला गर्नु पर्ने भन्दै आवश्यकता पर्दा डिभेञ्जर जारि गर्न दिनु पर्ने माग राखेका छन्। साथै राष्ट्र बैंकमा भएको गुनासो सुनुवाइ समितिमा बैंकर्स संघजस्तै फाइनान्स कम्पनी संघलाई पनि प्रतिनिधित्व उपलब्ध गराउन गभर्नरसँग माग राखे।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












