सिरहामा एक हजार नयाँ उद्योग दर्ता
काठमाण्डाैँ ७, साउन । सिरहामा आर्थिक वर्ष २०७४-७५ मा एक हजार ११ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७४-७५ मा उत्पादनमूलक उद्योग २६०, सेवामूलक उद्योग ५५४ र कृषि तथा वनजन्य उद्योग १९७ नयाँ दर्ता भएका छन् । गत आवमा ८४२ नयाँ उद्योग दर्ता भएका थिए ।
जिल्लामा उत्पादन उद्योग एक हजार ३३८, कृषि तथा वनजन्य उद्योग ६६१ र सेवा उद्योग दुई हजार ७७० गरी घरेलु तथा साना उद्योगको संख्या चार हजार ७६९ पुगेको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख लक्ष्मी पौडेलले जानकारी दिइन।
बैंक तथा वित्तीय संस्थाले घरेलु तथा साना उद्योगमा सहज रुपले ऋण लगानी गर्न थालेकाले जिल्लामा घरेलु तथा साना उद्योग दर्ता गराउने क्रम बढेको उनले बताए । आव २०७४-७५ मा ६१२ उद्योगको नवीकरण र नौवटा उद्योगको नामसारी गरिएको छ भने गत आवमा नयाँ उद्योग दर्ताबाट रु ५१ लाख ५३ हजार राजश्व संकलन भएको थियो ।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकास मन्त्री भिल्ले ताभियोबीच सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकास मन्त्री भिल्ले ताभियोबीच भेटवार्ता भएको...
-
आम्दानीको स्रोत तरकारीखेती
काठमाडौं । कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट...
-
उखुको जुस बेचेर मासिक ४० हजार आम्दानी
काठमाडौं । मिथिला–१ ढल्केबरका ३० वर्षीय पञ्चलाल साहले उखुको जुस बेचेर मासिक ४० हजार आम्दानी गर्दै आएका छन् । महोत्तरीको...
-
नेप्से परिसूचक ३९.७० अङ्कले बढ्यो
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९ दशमलव ७० अङ्कले बढेर दुई हजार सात सय ५६ दशमलव ३६...
-
आज सुनको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार र मङ्गलबार गरी प्रतितोला १८ हजार पाँच सय...
-
‘रेन्बो ट्राउट’ माछा बेचेर वार्षिक तीन करोड आम्दानी
काठमाडौं । स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो...
-
आठवटा राष्ट्रिय गौरवका आयोजनामा अपेक्षित प्रगति हुन सकेन
काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत आठ वटा राष्ट्रिय गौरवका आयोजना रहेपनि अपेक्षित प्रगति हुन सकेको छैन ।...
-
नेप्से परिसूचक ३३ अङ्कले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव ४१ अङ्कले बढेर दुई हजार सात सय १६ दशमलव ६६ कायम...
-
सिक्टा आयोजनामा विलम्ब नगर्न समितिको निर्देशन
काठमाडौं । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासँग सम्बन्धित समस्या स्थानीय तहमा नै समाधान गर्न आग्रह गरिएको छ । नीतिगत समस्याका...