प्रहरीको गोलीबाट मारिएका सन्नीलाई सहिद घोषणा, निर्मला र सन्नीको परिवारलाई १०-१० लाख राहत
काठमाडाैं १०,भदाै । सरकारले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारलाई १० लाख रूपैयाँ राहत दिने निर्णय गरेको छ।
शनिबार साँझ अकस्मात बोलाइएको मन्त्रिपरिषदको बैठकले आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मारिएका सन्नी खुनालाई सहिद घोषणा गर्ने निर्णय गर्नुका साथै उनको परिवारलाई पनि १० लाख रुपैयाँ दिने भएको छ।
सनिबार साँझ बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले हत्या भएकी कञ्चनपुर भीमदत्त नगरपालिका वडानम्बर २ कि निर्मला पन्त र प्रहरीको गोली लागि मृत्यु भएका सन्नी खुनाका परिवारलाई समान १०-१० लाख रुपैया राहत उपलब्ध गराउने निर्णय गरेको हो।
घटनाको निन्दा एवम् भत्सर्ना गर्दै सरकारले सोही घटनालाई लिएर भएको प्रर्दशनका क्रममा घाईते भएकाको निःशुल्क उपचार व्यवस्था मिलाउनुको साथै अंगभंग भएकालाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
आजै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले गरेका निर्णयहरुलाई सरकारले सकारात्मक रुपमा लिने निर्णय गरको छ ।
घटना लगत्तै गृह मन्त्रालयबाट गठन गरिएको उच्चस्तरीय छानविन समितिलाई छिटो भन्दा छिटो घटनाको सत्य तथ्य पत्ता लगाई दोषीउपर कडा कारवाहीको सिफारिस गर्न र यसरी सिफारिस गर्दा समिति गठन भईसकेपछि भएका घटनालाई समेत समावेश गर्ने अधिकार दिईएको छ ।
घटनाको अवधिमा जिल्लामा रहेका प्रहरी उपरीक्षक डिल्लिराज विष्टलाई निलम्बन गरि छानविन को दायरामा ल्याईएको र प्रहरी नायव उपरीक्षक र मुद्दा शाखाकाका प्रहरी निरीक्षकलाई पनि जिम्मेवारीबाट हटाइ फिर्ता बोलाइएको जानकारी सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिए।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











