चाडपर्वको समयमा आकसियो सुनको मूल्य,प्रतितोला ६० हजार नाग्घ सक्ने
काठमाडौँ । चाडपर्व जिकिँदै गर्दा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन प्रतितोला ६० हजार पुगेको जानकारी दिएको छ ।
महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँले सुनको मूल्य बढेको हो।
असोज १२ गते प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। त्यसयता क्रमिक रुपमा सुनको मूल्य महँगिएको छ। गत वर्षको दसैँताका साढे ५५ हजार रुपैयाँको हाराहारीमा सुनको कारोबार भएको थियो। महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यका अनुसार नेपाली मुद्रा कमजोर हुँदा सुनको मूल्यमा प्रभाव देखिएको हो।
‘डलर बलियो हुँदा सुनको मूल्य पनि बढेको हो’ उनले भने ‘अन्तर्राष्ट्रिय बजारमै पनि सुनको मूल्यमा वृद्धि देखिएको छ।’ दसैँका बेला सुनको माग उच्च हुने गर्दछ। हाल दैनिक औसत ४० केजी बढी सुनको माग रहेको शाक्यले जानकारी दिए।
वाणिज्य बैंकहरुले मंसिरसम्म दैनिक २५ केजी सुनको आयात गर्न पाउने व्यवस्था हालै गरिएको छ। यद्यपी बजारमा सुनको अभाव भने उस्तै रहेको शाक्यले बताए। ‘चाडपर्वका कारण सुनको अभाव उस्तै छ’ उनले भने।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ३२ अर्ब २० करोड रुपैयाँको सुन आयात भएको छ। बर्सेनी सुन आयात बढ्दै गएको पनि तथ्याङ्कले देखाउँछ। अघिल्लो आवमा २७ अर्ब ४३ करोड रुपैयाँको सुन भित्रिएको थियो। आयातित परिमाण बढ्नुका साथै मूल्य समेत बढेकाले चालु आर्थिक वर्ष सुनका लागि बाहिरिने रकम झनै बढ्न सक्नेछ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












