केराखेतीप्रति किसानको बढ्दो आकर्षण
भीमदत्तनगर। झण्डै अढाई दशकअघि एक कठ्ठा जमीन भाडामा लिएर केरा खेती शुरु गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१० तिल्केनीका पूर्ण साउँद अहिले जिल्लामै सफल केरा उत्पादक किसानमा पर्दछ ।
नगदे बालीका रुपमा २०५२ सालबाट साउँदले केरा खेतीलाई निरन्तरता दिँदै आउनुभएको छ । “सजिलो र आम्दानीको राम्रो स्रोत बनेपछि केरा खेतीलाई नै व्यावसायिक बनाउदै लगेँ”, किसान साउँदले भन्नुभयो, “केरा खेतीबाट नाम र दाम दुबै पाउन सफल भएको छु ।”
एक कठ्ठाबाट केरा खेती थालेको उहाँले हाल १५ बिगाहा जमीनमा व्यावसायिक केरा खेती गरिरहनुभएको छ । “अहिले जमीन लिजमा लिएर पनि केरा खेती बढाउँदै लगेको छु”, साउँदले भन्नुभयो, “केरा खेती गर्ने विभिन्न प्रविधि र तरिकालाई पनि आत्मसात् गर्दा राम्रो परिणाम आएको छ ।”
उहाँले करीब पाँच बिगहा जमीनमा थोपा सिँचाइ प्रणाली ९इजरायली प्रविधि० र दश बिगहामा गरी १५ बिगहा जमीनमा केरा खेती गरिरहनुभएको छ । केरा खेतीबाट आफूले वैदेशिक रोजगारीको भन्दा राम्रो आम्दानी गरेको बताउँदै उहाँले खेती किसानमा ध्यान दिए घर छाड्नु नपर्ने धारणा राख्नुहुन्छ । केरा खेतीको खर्च कटाएर वार्षिक रु १० लाखदेखि १५ लाखसम्म आम्दानी भइरहेको साउँदको भनाइ छ ।
“केरा खेती गर्ने जिल्लाभरका किसान सङ्गठित भएर सहकारीसमेत सञ्चालनमा ल्याएका छौँ”, उहाँले भन्नुभयो, “सहकारीमा जिल्लाभरका ५५० जना केरा खेतीमा आबद्ध किसान छन् ।” कञ्चनपुरमा हाल ४०० हेक्टरमा केरा खेती हुँदै आएको छ ।
इजरायलको थोपा सिँचाइ प्रणालीबाट यहाँको भीमदत्तनगरपालिका, कृष्णपुर र पुनर्वास नगरपालिकामा किसानले केरा खेती शुरु गरेका छन् । त्यसैगरी भीमदत्तनगरपालिका–१० तिल्केनीकै किसान पार्वती साउँद पनि सफल केरा खेती गर्ने किसानमा आउँछिन् । २०५४ सालबाट केरा खेती थालेकी उनी धान, गहुँ खेती छाडेर केरा खेतीमा लागेको बताउँछन् ।
“धान, गहुँभन्दा त केरा खेतीमा बढी मुनाफा रहेछ”, उहाँले भन्नुभयो, “केरा बिक्रीबाटै घर खर्चका साथै छोरा÷छोरीका लागि अध्ययन खर्च जुटाउँदै छु ।” उहाँले केरा खेतीबाट भएको आम्दानीले छोरीलाई वैदेशिक अध्ययनका लागि डेनमार्क पठाएको पनि उहाँले स्मरण गर्नुभयो ।
केरा खेतीमा उहाँलाई श्रीमान्ले समेत सघाएका छन् । “दुवै जना खेतीमै लागेर खर्च चलाएका छौँ”, उहाँले भन्नुभयो, “मेहनतअनुसारको फल पाएकै छौँ ।” कृषिलगायतका सम्बन्धीत सरकारी निकायबाट विभिन्न उपकरणसँगै अनुदानसमेत मिलेकाले खेतीमा थप सहजता थपिएको पार्वती साउँदको भनाई छ ।
जिल्लामा केराको उत्पादन बढिरहेको छ तर बजारको समस्या यथावत रहेको गुनासो किसानको छ ।
थोपा सिँचाइ प्रविधिले सहजता ल्याइयो
व्यावसायिक केरा खेती होस् वा तरकारी खेती, थोपा सिँचाइ प्रणालीले कृषकलाई व्यवसायमा सहज बनाएको छ ।
थोपा सिँचाइ प्रविधि अर्थात् इजरायली प्रविधिले व्यवसायमा सहजता ल्याएको केरा कृषक पार्वती साउँद बताउँछिन् । “यो प्रविधिले समय र लगानी दुबैको बचत गरेको छ”, उहाँले भन्नुभयो, “केरा खेतीमा आबद्ध किसान उक्त प्रविधिबाट थप हौसिएका छन् ।”
कञ्चनपुरमा थोपा सिँचाइ प्रणाली शुरु भएको एक वर्ष मात्रै भएको छ । नेपालमा २०५५ सालदेखि थोपा सिँचाइ प्रविधि शुरु भएको थियो । उक्त प्रणालीमा प्लाष्टिक पाइपबाट बिरुवाको जरामा थोपाथोपा गरेर पानीको आवश्यकता पूरा गरिन्छ । यो प्रविधिले सतह सिँचाइको तुलनामा ८० प्रतिशत पानी बचत गर्छ । यसले थोरै पानीबाट धेरै सिँचाइ गर्न सकिन्छ । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












