तरकारीका बेर्नाबाट कृषक लाभान्वित
काठमाडौँ । तरकारी बाली विकास केन्द्रले गत आर्थिक वर्षमा विभिन्न मौसमी तरकारीका २४ लाख बेर्ना कृषकलाई वितरण गरेको छ । कृषि विकास मन्त्रालयअन्तर्गत रहेको केन्द्रले विभिन्न प्रकारका तरकारीका बीउ छ क्वीन्टल उत्पादन गरी सरकारी दरभाउमा कृषकलाई वितरण गरेको छ ।
वार्षिक करीब १० हजार कृषकलाई प्राविधिक सेवाका साथै बीउ बेर्ना तथा समेत उपलब्ध गराएको छ । स्थानीय जातका बीउ तथा तरकारीका बेर्ना उत्पादन गरी केन्द्रले त्यसको बिक्रीबाट गत आवमा रु २१ लाख ४६ हजार राजश्व सङ्कलन गरेको थियो । यो रकम अघिल्लो आवमा करीब रु १८ लाख मात्र सङ्कलन गरेको केन्द्रका प्रमुख अरुण काफ्लेले जानकारी दिनुभयो ।
देशभरका कृषकलाई स्थानीयदेखि विकसित बीउबिजनका साथै विभिन्न प्राविधिक ज्ञान तथा आवश्यक सूचनाको प्रवाहले कृषि क्षेत्रको विकासमा योगदान हुने विश्वास गरिएको छ ।
विसं २०४४ मा ललितपुरको खुमलटारमा स्थापना भएको उक्त केन्द्रले करीब १५ रोपनी क्षेत्रफलमा विभिन्न मौसमी तरकारीका बेर्ना उत्पादन गर्ने, कृषकलाई प्राविधिक सेवा समेत उपलब्ध गराउँदै आएको छ । पछिल्लो पटक विभिन्न प्रकारका तरकारीका बीउ करीब छ क्वीन्टल उत्पादन गरी सरकारी दरभाउमा कृषकलाई वितरण गरेको थियो ।
स्थानीय जातका बीउ तथा तरकारीका बेर्ना उत्पादनलाई प्राथमिकता दिने गरेको केन्द्रले तरकारी बालीको जातीय संरक्षण गर्ने, तरकारी बालीको विकास सम्बन्धी राष्ट्रिय व्यावसायिक नीति तथा योजना निर्माण गर्ने गरेको छ ।
तरकारी बाली उत्पादन तथा विकास सम्बन्धमा उत्पादक कृषकलाई तालीम प्रदान गर्ने, विशेषज्ञ सेवा प्रदान गर्ने, तरकारी बालीको विकास सम्बन्धमा नजिकैको कृषि अनुसन्धान केन्द्र तथा ज्ञान केन्द्रसँग समन्वय एवं सहकार्य गर्ने, तरकारी बालीको विकास सम्बन्धमा राष्ट्रिय स्रोत केन्द्रको रुपमा कार्य गर्नेलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको प्रमुख काफ्लेले बताउनुभयो ।
केन्द्रमा प्रयोग गरिएका नवीनतम प्रविधिका रुपमा फार्म व्यवस्थापनमा सफ्टवेयरको प्रयोगलाई लिन सकिन्छ । ड्रिमवर्क सोलुसन प्रालिमार्फत कृषकलाई जानकारी प्रदान गर्न विगत एक वर्षदेखि पोर्टलमार्फत फार्मको प्लट क्षेत्रफल उत्पादन तथा आम्दानी लगायतका तथ्याङ्कलाई व्यवस्थित राखी जानकारी दिने, बेर्नाको मागमा अनलाइन प्रणालीको प्रयोग गर्ने कार्य शुरु गरिएको छ ।
त्यसैगरी हरित गृहमा नविनतम प्रविधिको प्रयोग भएको छ, स्वदेशमा पहिलोपटक यस फार्ममा सोलार तथा विद्युतीय वर्णशङ्कर प्रविधिबाट चल्ने फोहरा तथा स्प्रिड्कलर जडित तापक्रम तथा आद्रता नियन्त्रण गर्नसक्ने क्षमता विकास गरिएको छ । साधारण गड््यौला मल उत्पादन स्थल निर्माण गरी मल उत्पादन तथा त्यसको प्रदर्शन थालिएको छ ।
कृषकलाई गोलभँेडा, कौसी तरकारी खेती तथा लहरे तरकारी खेतीको जानकारी दिन मोबाइल एप्स तयारी भइरहेको छ । फार्मभित्रका उत्पादनलाई आवश्यक पर्ने संरचनालाई समेत समयसापेक्ष सुधार गरिएको छ ।
केन्द्रले यस वर्षबाट जीवाणुबाट ओइलाउने रोग नियन्त्रणका लागि गोलभेंडामा कलमी प्रविधिको कार्यक्रम राखी कार्य अगाडि बढाएको केन्द्रका प्रवक्ता कर्णबहादुर कठायतले जानकारी दिनुभयो ।
परम्परागत कार्य पद्धतिमा सुधार गरी केन्द्रलाई तरकारी उत्पादनको सिकाइ स्थलका रुपमा क्रमशः विकास गरिँदैछ । आइएस्सी एजी तथा बि एस्सी एजीका विद्यार्थी र अन्य प्राविधिक गरी अहिलेसम्म केन्द्रबाट करीब २०० जनाले कार्यगत तालीम हासिल गरेका छन् । देशका विभिन्न भूगोलबाट अध्ययन अवलोकनमा आउने आगन्तुक कृषकलगायतले नवीनतम प्रविधिबारे जानकारी लिएर लाभान्वित भएको जनाइएको छ । रासस
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












