भुटानको विज्ञ टोली किन पस्यो अलैँची बारीमा
लमजुङ । भुटानको कृषि क्षेत्रका विज्ञ टोली लमजुङको अलैँची पकेट क्षेत्रको अवलोकन/अनुगनमका लागि लमजुङ आइपुगेको छ । भुटानमा कृषि क्षेत्रमा काम गर्ने १४ जनाको विज्ञ टोली लमजुङका विभिन्न क्षेत्रमा लगाइएको अलैँची बगानमा तीन दिनसम्म रहेन छन् ।
लैँची व्यवसायी महासङ्घ जिल्ला शाखा लमजुङले उक्त टोलीलाई लमजुङको अलैँचीको बारेमा जानकारी प्रदान गर्नेछ । आधुनिक अलैँची भट्टी निर्माण, बगानमा अलैँची लगाउने तरिका, अलैँचीका प्रकारका बारेमा तीन दिनसम्म बगैँचामा लगी जानकारी गराउने अलैँची व्यवसायी महासङ्घ जिल्ला शाखा लमजुङका अध्यक्ष अजय तामाङले बताउनुभयो ।
उहाँका अनुसार भुटानका विज्ञ टोलीलाई दुई दिन बगानमै लगी जानकारी गराउने र एक दिन अलैँची प्रशोधनका बारेमा अभिमुखीकरण दिइने छ ।
नेपालमा गरिएको अलैँची खेतीको बारेमा जानकारी लिन १४ जनाको टोली नौ दिनका लागि नेपाल आएको भुटानका कृषि अनुसन्धान केन्द्रका जिग्म सिँङगेले बताउनुभयो । उहाँका अनुसार भुटानबाट आएका १४ जना सबै कृषि क्षेत्रका विद्यार्थी हुन् ।
मस्र्याङ्दी गाउँपालिकाका विभिन्न क्षेत्रमा लगाइएको अलैँचीको बारेमा धेरै कुरा सुनेको र नमूना अलैँची बगानको बारेमा जानकारी लिन भुटानबाट नेपाल आएका हौँ । उहाँले भन्नुभयो, “भुटानमा लगाइएको अलैँची र नेपालमा लगाइएको अलैँचीमा थोरै फरक रहेछ ।
भुटानमा हामीले अलैँची सिधै आगोमा सुकाउँछन्, नेपालको तरिका छट्टै रहेछ । नेपालको प्रक्रियाअनुसार अब भुटानमा पनि आधुनिक अलैँची भट्टीको प्रयोग गरी अलैँची सुकाउँछन् ।”
त्यस्तै ताप्लेजुङ उद्योग वाणिज्य सङ्घको नेतृत्वमा २५ जनाको टोली लमजुङको अलैँची बगानको अनुगमनमा आएका छन् । उद्योग वाणिज्य सङ्घको नेतृत्वमा लमजुङ आउनुभएका व्यवसायी तथा अलैँची कृषकले सोमबार मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलामा लगाइएको अलैँची बगानको अवलोकन गरेका छन् ।
साविकको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कमा ताप्लेजुङमा मात्रै वार्षिक दुई हजार ४८० मेट्रिक टन अलैँची उत्पादन हुने गर्छ । चार हजार ५०० हेक्टर क्षेत्रफल जग्गामा अलैँची लगाइएको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका कार्यकारी अधिकृत भीष्मराज बरालले जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












