फस्टाउँदै चाउमिन उद्योग
घोराही । बजारको माग बढेसँगै जिल्लामा चाउमिन उद्योगको सङ्ख्या बढ्न् थालेको छ । पहिले पहिले नेपालगञ्ज र बुटवलबाट ल्याउनुपर्ने चाउमिन अहिले दाङकै बजारमा पाइन थालेको छ ।
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार जिल्लामा चाउमिन उद्योग दर्ता गर्ने क्रम बढेको छ । चाउमिनबाट सोचेभन्दा बढी आम्दानी हुन थालेपछि यहाँका व्यवसायी चाउमिन उद्योग सञ्चालनतर्फ आर्कषित भएका हुन् । न्यून लगानीमा चाउमिन उद्योग सञ्चालन गर्न सकिने हुँदा व्यवसायी यसतर्फ आर्कषित भएका हुन् । व्यवसायीले रु दुई लाखदेखि रु १५ लाखसम्म लगानी गरेर उद्योग सञ्चालनमा ल्याएका छन् ।
जिल्लाका १० स्थानीय तहमध्ये घोराही, लमही र तुलसीपुरमा चाउमिन उत्पादन गर्ने उद्योग सञ्चालनमा छन् । उद्योगले चाउमिनको लागि आवश्यक पर्ने सस, मसला, चुकलगायत उत्पादन गरिरहेका छन् । घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत उमबहादुर वलीका अनुसार घोराहीमा ११, तुलसीपुरमा ६ तथा लमहीमा नौ चाउमिन उद्योग सञ्चालनमा छन् । ती उद्योगमा रु ८३ लाख लागनी गरिएको छ । उद्योगले वार्षिक रु एक करोड ४७ लाख बराबरको चाउमिन बजारमा बिक्री गरिरहेका छन् । चाउमिन उद्योगबाट ८२ जनाले रोजगारी पाएका छन् । जिल्लामा उत्पादित चाउमिन रोल्पा, प्युठान, सल्यान, रुकुम, कपिलवस्तु, अर्घाखाँचीलगायत जिल्लामा बिक्री भइरहेको छ । रासस
फाइल : तस्बिर
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












