व्यावसायिक फलफूल खेतीलाई प्राथमिकता
बलेवा । फलफूलको उत्पादन र बजार राम्रो देखेपछि बागलुङ नगरपालिकाले व्यावसायिक फलफूल खेती प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
नगरपालिकाले आर्थिक विकासअन्तर्गत कृषि तथा बागवानी विकास कार्यक्रममा फलफूल खेतीलाई प्राथमिकतामा राखेको हो । नगरका अधिकांश वडामा विभिन्न किसिमका फलफूलको सम्भावना रहेकाले फलफूल खेती प्रवद्र्धन तथा विकास कार्यक्रमलाई प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले बताउनुभयो ।
किसानलाई प्रोत्साहन गरी फलफूलको उत्पादन बढाउन नगरपालिकाले चासो देखाएको हो । नगरपालिकाका–१४ वडामध्ये अधिकांश वडामा सुन्तला, मेवा, लिच्चीलगायतका फलफूल खेतीको सम्भावना रहेकाले त्यसको व्यावसायिक उत्पादनमा जोड दिन कार्यक्रम ल्याइएको कुँवरले बताउनुभयो ।
यो आर्थिक वर्षमा व्यावसायिक फलफूल खेती प्रवद्र्धन तथा विकास कार्यक्रमका लागि नगरपालिकाले रु १० लाख बजेट विनियोजन गरेको छ । “उत्पादनमार्फत समृद्धिको बाटो खोजिएको हो, जसका लागि फलफूल खेती महत्वपूर्ण बन्न सक्छ”, कुँवरले भन्नुभयो, “केन्द्र सरकारले लिएको आर्थिक समृद्धिको कार्यक्रमलाई सघाउने यो हाम्रो सानो प्रयास हो ।”
उत्पादनका आधारमा किसानलाई अनुदान उपलब्ध गराउने गरी बजेटको व्यवस्थापन गरेर कार्यक्रम ल्याइएको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । बागवानी विकास कार्यक्रमअन्तर्गत सुन्तला, कागती, आँप, लिच्ची र मेवाका बिरुवा ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन थप रु आठ लाख बजेट गरिएको छ ।
किसानलाई तरकारी तथा फलफूल खेतीमा आकर्षित गरी उत्पादनमुखी बनाउन अनुदानमा बिरुवा वितरणको कार्यक्रम तय गरिएको पौडेलले जानकारी दिनुभयो । “सामान्य घरायसी प्रयोजनका लागि मात्रै हामीकहाँ फलफूल खेती हुने गरेको छ” पौडेलले भन्नुभयो, “व्यावसायिक उत्पादन गरेर अर्थोपार्जन हुने गरी कार्यक्रम ल्याइएको हो ।”
कार्यक्रममा किसानलाई सहभागी बनाउन आर्थिक विकास समितिले योजना बनाउने छ । समितिले बनाएको योजनाका आधारमा समूह वा व्यक्तिलाई अनुदान उपलब्ध गराउने विषयमा निर्णय गरिने नगरपालिकाले जनाएको छ । फलफूल खेतीका लागि आवश्यक जैविक मलका लागिसमेत नगरपालिकाले सघाउने योजना बनाएको छ ।
जैविक मलको उत्पादन, सीप विकास र प्रवद्र्धनका लागि रु छ लाख बजेटको व्यवस्था गरिएको छ । कृषि तथा बागवानी विकास कार्यक्रममा रु ५५ लाख ५० हजार खर्च गर्ने नगरपालिकाले झण्डै रु २४ लाख फलफूल खेतीमा खर्चने छ ।
विभिन्न शीर्षक दिएर फलफूल खेतीको सुधार विस्तार र बजारीकरणका लागि प्राथमिकतामा राखिएको हो । बागलुङ बजारमा बिक्री वितरण हुने फलफूल सबै आयात हुने भएकाले यहाँ उत्पादन हुने फलफूलको बजारीकरणमा समस्या नरहेको कुँवरले बताउनुभयो । किसानले व्यावसायिक रूपमा फलफूलको उत्पादन गर्नसके बागलुङ बजारमा बिक्री गर्न सकिने उहाँको विश्वास छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












