सिँचाइ अभावमा खेतीयोग्य जमीन बाँझै
तेह्रथुम । सिँचाइ अभावमा जिल्लाको ठूलो क्षेत्रफल खेतीयोग्य जमीन बाँझो छ । वर्षामा वर्षेनी उतारचढाव हुँदा किसानले हिउँदे बाली लगाउन पाएका थिएनन् । वर्षा याममा पर्याप्त पानी नपर्दा बाली सुकेर किसान मारमा परेका थिए । जिल्लाको ३० हजार ६८१ हेक्टर क्षेत्रफलको खेतीयोग्य जमीन बाँझै रहेको प्राप्त तथ्याङ्कमा उल्लेख छ ।
जिल्लाको औल क्षेत्रमा वपन पर्याप्त वर्षा नह्ँदा किसानले हिउँदे बाली लगाउन नपाएको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए । लामो खडेरीका कारण जिल्लामा गहुँ, आलु, तोरी, हरियो तरकारी, फापर, जौ, जै घाँस, मकै घाँस, मकैलगायतको कृषि बाली प्रभावित भएको उनको भनाइ थियो ।
पीडितलाई अहिले प्रदेश र स्थानीय सरकारले राहतसमेत वितरण गरेका छन् । जिल्लामा अहिले आलु, तरकारी, गहुँ, तोरीलगायत खाद्यान्न र तरकारी बाली पूर्वी तराईबाट आयात भइरहेको छ । जिल्लामा करीब तीन हजार हेक्टर जमिनमा गहुँखेती हुने गरेको छ ।
आकाशे पानीको भरमा खेती गरिँदै आएका जिल्लाका ओख्रे, सुदाप, पञ्चकन्या, फाक्चारामा, हमरजुङ, म्याङलुङ, साब्ला, पिप्ले, जलजले, ओयाक्जुङ, सिम्ले, थोक्लुङ, चुहानडाँडा, संक्रान्तिलगायत दुई दर्जनभन्दा बढी गाउँका हजारौँ हेक्टर खेतीयोग्य जमीनमा अहिले बाँझै छन् ।
केही स्थानमा उम्रिएको आलु, हिउँदे मकै, गहुँ, जौलगायत बाली पनि सुकेर मर्न थालेको चुहानडाँडाका किसान कृष्ण बाँस्कोटाले बताए । लामो खडेरीका कारण खेतबारी र जङ्गलमा नयाँ घाँस नपलाउँदा पशुवस्तुको आहारमा समेत समस्या परेको किसान उनको भनाइ थियो ।
जिल्लाको ३७ हजार २८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमीनमध्ये छ हजार ४६० हेक्टर क्षेत्रफल जमीनमा मात्र सिँचाइ सुविधा छ ।
जलविद्युत् सर्वेक्षण अनुमति
तेह्रथुमका खोरुङ्गा–ताङमाया खोलाबाट जलविद्युत् आयोजना निर्माणका लागि विद्युत् विकास विभागले तेह्रथुम पावर कम्पनीलाई सर्वेक्षण अनुमतिपत्र दिएको छ । उक्त कम्पनीले विशेष साधारणसभा गरी सो आयोजना निर्माणका लागि विभागमा निवेदन गरेको थियो ।
कम्पनीले उक्त आयोजना दुई हजार किलोवाटको हुने प्रस्ताव गरिएको छ । विभागले आयोजना निर्माणका लागि सर्वेक्षण गर्न अनुमति दिएको तेह्रथुम पावर कम्पनीका अध्यक्ष भूपतिलाल श्रेष्ठले बताए । उक्त कम्पनीले हाल साढे सात मेगावाट क्षमताको माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ ।
सो आयोजनाको काम अन्तिम चरणमा पुगेको र नयाँ आयोजना निर्माणका लागि समेत प्रक्रिया अगाडि बढाइएको कम्पनीका प्रबन्ध निर्देशक मोहनकुमार डाँगीले बताए । जिल्लाकै सबैभन्दा ठूलो विद्युत् आयोजना मानिएको उक्त आयोजनाको निर्माण ६० प्रतिशत पूरा भएको बताइएको छ ।
Comments
अरु समाचार
-
देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा. वाग्लेलाई
काठमाडौँ ।लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गर्नुभएका डा.स्वर्णिम वाग्ले नेपालको स्थापित अर्थशास्त्रीमध्येको एक हुनुहुन्छ ।गोरखाको बुङ्कोटमा जन्मिनुभएका डा वाग्ले...
-
वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व संकलन
वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व...
-
बढ्यो पेट्रोलियम पदार्थको मूल्य, काठमाडौंमा पेट्रोल प्रतिलिटर १८७ रुपैयाँ
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको ११ दिन नबित्दै...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...












